काभ्रे । काभ्रेको मण्डन देउपुर नगपालिका हुँदै बग्ने चाखोलामा पछील्लो समय अबैध बालुवा तस्करी हुन थालेको छ । काभ्रे कै महत्त्वपूर्ण खोलामा पर्ने यो खोलामा पर्ने पाँचखाल र भुम्लु गाउँपालिका मा समेत अबैध तस्करी हुने गरेको हो ।

मण्डनको चनौटे फाटमा दैनिक ४० भन्दा धेरै ट्याक्टर ले राती अबैध रुपमा बालुवा को तस्करी गरि रहेकोमा मा स्थानीय सरकार र प्रहरी मौन छ । पटकपटक प्रहरी र स्थानीय सरकार लाई खबर गरेपनी तस्करी रोकिएको छैन ।

आइतबारदेखि परेको अविरल बर्षा पछी जथाभावी बालुवा तस्करी हुदा चाखोला फाटमस छिरेको छ । जस्ले गर्दा किसानलाई चिन्ता थपिएको छ । आज बाढी आए सगै भोलिको दिन देखि थप तस्करी हुने सम्भावना छ ।


तपाईको प्रतिक्रिया