किरण थापा
(सिन्धुपाल्चोक)

चौतारा टुंडिखेलमा भब्य रुपमा बाल विकास महोत्सव चलिरहंदा नजिकै रहेको बाल उद्यानमा भने घामपानिले रङ खुईलिएको साईनबोर्ड, भत्किएको गेट , च्यातिएका तारजालि, अल्ली भित्र २÷४ वडा लडिरहेका बेन्चहरु देख्न सकिन्छ । जिल्लाकै पहिलो चौतारा नगरपालिकाले बाल उद्यान (चिल्ड्रेन पार्क) र नगर सूचना केन्द्र सञ्चालन गर्ने भनिएको तिन बर्ष बित्नै लाग्यो तर हाल बाल उद्यानको अवस्था नाजुक स्थीतिमा पुगेको छ ।

तत्कालिन प्रमुख जिल्ला अधिकारी गोकर्णमणि दुवाडीले बाल उद्यान नगर सूचना केन्द्रको उद्घघाटन गर्नुभएको थियो । ’उद्यान र केन्द्र समृद्ध चौतारा बनाउने संकेत मात्रै हो,’ उद्घाटनपछि उहाँले भन्न्ुभएको थियो । चौतारालाई बालमैत्री नगरपालिका बनाउने नीति अनुरुप चिल्ड्रेन पार्क सञ्चालनमा ल्याउने कामले सुस्तता पाएको छ ।

शनिबार(आज) चौतारामा जिललामा रहेका विभिन्न सरकारी तथा गैह्रसरकारी निकायहरुको सहयोगमा बाल विकास महोत्सव सम्पन्न भएको छ । तर टुंडिखेल नजिकै रहेको बाल उद्यानमा भने कसैको पनि आँखा गएको देखिएन । चौतारा साँगाचोकगढि नगरपालिकाका प्रमुख अमानसिंह तामाङले पनि बाल उद्यानको बारेमा कुरा उठाउनुभएन ।

झण्डै तिन बर्ष अगाडी टुँडिखेल नजिक चौताराको टुंडिखेलमा ६ लाख रुपैयाँभन्दा बढी लगानीमा पार्क सञ्चालन गरीएको हो । नगरपालिकाको ५ लाख र भगवती सामुदायिक वन उपभोक्ता समितिको १ लाख २ हजार रुपैयाँ लगानीमा झण्डै डेढ रोपनी जमिनमा फैलिएको पार्कमा आकर्षक बगैँचासहित पिङ, चिप्लेटी र आराम गर्ने बेन्चको व्यवस्था गरिएको थियो तर हाल ति सबै संरचनाहरु पिङ भाँचिएको छ भने बस्ने डेक्सबेन्चहरुपनि भाँचिएको छ । कुनै पनि संरचनाहरु हाल प्रयोग गर्न नमिल्ने अवस्थामा रहेको छन् ।

सञ्चारकर्मी तथा विभिन्न कार्यक्रमहरुमा चौतारा नगरपालिकाका प्रमुखले बाल उद्यानलाई पहिलो प्राथमिकतामा राखेको बताँउदै आएपनि हालसम्म उद्यानको लागी कुनै काम भएको छैन् । नगरमा रहेको बाल उद्यानलाई जिल्लाकै नमुना बनाउने बताउने प्रमुख तामाङले हालसम्म कुनैपनि पहल नगरेको पाईएको छ ।


तपाईको प्रतिक्रिया