पनौती । युवा संघ नेपालका केन्द्रीय कोषाध्यक्ष अमित लामाको प्रमुख अातिथ्यतामा काभ्रेको पनौती नगरपालिका वडा नं.७ मा रहेको श्री प्राणनाथ माइती वृद्धाश्रम लाई लत्ताकपडा वितरण गरिएको छ । पनौती अमित लामाको सहयोगमा उक्त सामाग्री वितरण गरिएको हो ।

युवा संघ नेपालको जेठ १ गते स्थापना दिवसको अवसरमा अायोजित सरसफाइ तथा वृद्धवृद्धा सम्मान कार्यक्रममा बोलेको वाचालाई लामाले पूरा गरेका हुन । उक्त दिन वृद्धहरुलाई सहयोग गर्ने प्रतिबद्धता अनुसार शनिबार उनले वृद्धाश्रमलाई अावश्यक लत्ताकपडा हस्तान्तरण गरेका हुन ।

कार्यक्रममा अतिथिहरु युवा संघ नेपालका केन्द्रीय सदस्य राकेश लामा ,जिल्ला उपाध्यक्ष सागर रायमाझी , जिल्ला कोषाध्यक्ष सौगात बस्नेत लगायतको उपस्थित रहेको थियो । कार्यक्रममा सम्बोधन गर्दै उहाँले भने ,“ भगवान खोज्न मन्दिर जानू पर्दैन । दिन दु:खिको सहयोग गर्नु नै भगवान पुज्नु सरह हो ।´´


तपाईको प्रतिक्रिया