काठमाडौ । नेपाल कुङ्ग–फु संघको अध्यक्षमा सीताराम हुँमागाई चयन भएका छन् । काभ्रेको पनौती स्थायी घर भएका हुमागाई राष्ट्रिय खेलकुद परिषदको श्रावण ७ गतेको निर्णयबाट अध्यक्षमा चयन भएका हुन् । यसैगरी संघको उपाध्यक्षमा काभ्रेका नबराज गौतम, काठमाडौका राजिब महर्जन, भोजपुरकी सरिता खनाल र पर्साका बलराम सुवेदी मनोनयन भएका छन् ।

यसैगरी महासचिवमा काठमाडौका राजेश तामाङ र सचिवमा सफल श्रेष्ठ मनोनयनमा परेका छन् । यस्तै रामेछापका भीमसेन प्रसाद गौतम सहसचिव र बैतडीकी ईन्दिरा कुमारी पाण्डे कोषाध्यक्षमा चयन भएका छन् ।

यसैगरी सदस्यहरुमा सीता कंडेल पराजुली, सविन श्रेष्ठ, गीता तिमिल्सेना श्रेष्ठ, करुणा महर्जन, बील बहादुर देउला र प्रविण शाक्य मनोनयन भएका छन् । संघलाई ३ महिना भित्र जिल्ला गठन गरी निर्बाचन सम्पन्न गर्ने जिम्मेवारी दिएको राष्ट्रिय खेलकुद परिषदले जनाएको छ ।


तपाईको प्रतिक्रिया