कुन्ताबेसि । जिल्लाको कान्छो नगरपालिकाको रुपमा रहेको मण्डन देउपुर नगरपालिका अहिले प्रविधिको उपयोग गर्दै अगाडि बढिरहेको छ ।

बिगतमा वर्डा कार्यलयमा बसेर नगरपालिका ले काम सुरु गरेको थियो बिभिन्न अफ्ठेरो मा पनि काम को गतिलाई निरन्तरता दिएको नगरले अब भर्ने सुचना प्रविधिलाई प्रयोगमा ल्याएको छ ।नगरपालिकाले अहिले कार्यलय व्यबस्थापन गरेपछि टेलिफोन ,सिसिक्यामेरा , ईलेक्टो्निक हाजिर सिस्टम र डिजिटल सुचना बोर्ड प्रयोगमा ल्याएको हो । यि कुराहरु प्रयोगमा आएसङ्गै अहिले नगरबासिमा खुसियालि छाएको छ । अहिले नगरमा कति ताक्रम छ मौसम कस्तो छ भन्ने कुराहरु डिजिटल बोर्डमा प्रष्ट देखिन्न जस्ले गर्दा सबैलाई मौषमको जान हुर्ने नगरपालिकाका अधिकारीहरु बताउछन् ।

नगरपालिका व्यवस्थित नहुदा सामानहरुको पनि थिति नमिलेको भन्दै नगरले अहिले सुरक्षाको हिसाबले सिसिक्यामेरा समेत जडान गरेको छ । जस्लेगर्दा नगरको काम कारभाईलाई नजिक बाट निहाल्न समेत सजिलो भएको मेयर टोक बहादुर वाईबाले जानकरी दिएका हुन् ।नगरले सुचना केन्द्र समेत सुरु गरेको छ । सुचनाको पहुँच सबै नागरीकमा पुराउन सुचना केन्द्रले निकै सहयोग पुराएकोछ । सुचना केन्द्र सङ्ै नगरपालिकाका हरेक जानकरी र नयाँ काम र योजनालाई समेत वोइवसाइडमा राख्ने तरारी रहेको मेयर वाईबाले जानकारी दिए ।

केहि समयमै नगरबासिले आफ्नो नगरको गतिबिधि घरमै बसेर हेर्ने दिन आउछ मेयर ले के गर्दै छ नगरको अब कुन काम हुदै छ कति कामहरु सकिए यस्ता सबै अब घरमै बसेर थाहापाउनुपर्ने नगरबासि को अधिकार भएकाले सुचना र प्रविधिमा नगरले कुनै कन्जुस्याई नगर्ने वाईबाले जानकारी दिए । जब मान्छेलाई सहि जानकारी हुन्न सत्य सुचनाहरु प्राप्त हुन्न अनि मात्र मान्छेले बिष्वास गर्न सक्छ त्यसैले सुचना दिनु नगरको पहिले काम भएको र त्यसकालागि नगरपालिकाले काम गरिरहेको जानकारी दिए ।


तपाईको प्रतिक्रिया