(अमृत ओझा) काठमाडौ । मोडल सन्जिब ठकुरिले अभिनय गरेको भाइरल बोलको गित बजारमा आएको छ । लोकगायिका उमा श्रेष्ठको आवाजमा सार्वजनिक भएको भाईरल बोलको गीतमा गायिका श्रेष्ठसँगै डीबी लोप्चनले पनि स्वर दिएका छन् ।

आउदै गरेको हिन्दु महिलाहरुको महान पर्व हरितालिकाको अबसर पारेर बजारमा ल्याइएको भाइरल बोलको तिज गितमा दीपक शर्माको शब्द /संगीत रहेको छ भने नरेन्द्र वियोगीको संगीत संयोजन रहेको भने विक्रम चौहानले निर्देशन गरेको हुन ।

उक्त गीतको म्यूजिक भिडियोमा अहिलेका ब्यस्त मोडल सन्जिब ठकुरी र अञ्जली अधिकारीले अभिनय गरेका छन् । गीतमा प्रकाश खड्काले खिचेका हुन भने, मिलन विकले भिडियो सम्पादन गरेका छन् । अहिले यो गितलाइ दर्शकहरुले अत्याधिक मन पराइरहेका छ ।

भिडियो हेर्नुहोस :

 


तपाईको प्रतिक्रिया