(सुरज श्रेष्ठ) धुलिखेल । नमोबुद्ध नगरपालिका वडा नं ६ चौकी डाडामा रहेको कुन्साङ लामाको ब्लुसाइन क्रसरमा रहेको इस्काइभेटरमा आगोलागी गरेको आरोपमा दुइ पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय काभ्रेले जनाएको छ ।

जिल्ला प्रहरी कार्यलय काभ्रेको अनुसन्धन टोलीले सुर्खेत जिल्लाको विरेन्द्रनगर नगरपालिका–२० का कृष्ण धमला(गम्भिर) र धादिङ जिल्ला निलकण्ठ नगरपालिका–३ का मोहन कार्की(जीवन्त) रहेको जिल्ला प्रहरी कार्यालय काभ्रे प्रहरी निरिक्षक रबिराज थपलियाले बताए ।

नमोबुद्ध नगरपालिका–६ चौकीडाँडास्थित ब्लुसाइन क्रसर उद्योगमा गत २०७५ वैशाख १ गते टिपर र स्काभेटरमा आगजनी भएको थियो । सो विषयमा प्रहरीको अनुसन्धान टोलीले गरेको खोजतलासको क्रममा सो घटनामा संलग्न रहेको आशंकामा साउन ११ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।
पक्राउ परेका दुवै जनालाई आज आइताबार जिल्ला अदालत काभ्रेपलाञ्चोकमा सात दिनको म्याद थपी आवश्यक अनुसन्धान गरिरहेकोे प्रहरी निरिक्षक रबिराज थपलियाले बताए ।

प्रहरीका अनुसार दुवैजनालाई संगठीत अपराध ( आगो लगाएको ) निवारण ऐन २०७० अन्तर्गत मुद्धा चलाई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।


तपाईको प्रतिक्रिया