काभ्रेपलान्चोक । जथाभावी खनिएका खान्की सडकका कारण वीपी राजमार्ग अबरूद्ध बनेकाे छ । महाभारत क्षेत्रमा परेकाे अविरल वर्षाका कारण नार्के, मङ्गलटारलगायत क्षेत्रमा माथिबाट खसेका लेदाेले बाटाे अबरूद्ध पारेकाे छ । थुप्रै गाडी फसेका छन् । सेना र प्रहरीले उद्धार कार्य जारी राखेकाे छ । दुम्जाकाे घ्याम्पेखाेलाले माेटरसाइलसहित मान्छे बगाएकाे छ ।

मान्छे र माेटरसाइकललाइ राेशीखाेलाबाट स्थानीय युवाले उद्धार गरे । स्थानीय तहकाे खान्की सडककै कारण बीपी मार्ग ध्वस्तहुँदैछ । दीगाे विकासकाे बाटाे अवलम्बन गर्न अावश्यक छ ।


तपाईको प्रतिक्रिया