काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको चीनमा प्यारा थाइराइड र मृगौलाको पत्थरी सफल शल्यक्रिया भएको छ ।

खनालको चीनको सिचुवानमा रहेको इन्टरनेसनल अस्पतालमा शुक्रबार प्यारा थाइराइड र मृगौलाको पत्थरीको शल्यक्रिया भएको हो । खनालको शुक्रबार डा. लि नेतृत्वको टोलीले प्यारा थाइराइडको र डा वाङ नेतृत्वको टोलीले मृगौलाको सफल शल्यक्रिया गरेका थिए । शल्यक्रियापछि खनालको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

नेता खनाल प्यारा थाइराइड र पत्थरीको समस्याबाट लामो समयदेखि पीडित थिए । शल्यक्रिया गर्नको लागि खनाल गएको साउन ६ गते चीन जानुभएको हो  । शुक्रबार शल्यक्रिया सम्पन्न भएपनि उनी कहिले स्वदेश फिर्ता हुन्छन् त्यसबारेमा केही बताइएको छैन ।


तपाईको प्रतिक्रिया