बनेपा । विद्युत चोरी गरेको भन्दै काभ्रेका केही महिना यता नेपाल विद्युत प्राधिकरणले अभियान चलाएपनि सजिलोसँग जनताले भने मिटर पाउनै सकेका छैनन् । मिटरको लागि प्रकृया निक्कै झन्झटिलो र अव्यवहारिक भएपछि जनताले सास्ती व्यहोरीरहेका छन् ।

जिल्लामा बसेर नेपाल विद्युत प्राधिकरणका हाकिम रविन्द्रकुमार यादवले आक्रमक योजना बनाए पनि सेवा केन्द्रका कर्मचारीले भने दैनिक रुपमा जनतासँग झगडा गर्नु पर्ने अवस्था आउने गरेको छ । पाँचखाल सेवा केन्द्रले मिटरको अत्याधिक माग भएकाले मिटर जोड्ने भनेर सेवा लिन आएका सेवाग्राहीसँग झगडा गरेर बस्ने बाँध्यता रहेको छ । अत्याधिक माग भएपछि सेवा दिननै पाँचखाल सेवा केन्द्रले ग्राहकहरुसँग सकेको छैन ।

पाँचखाल सेवा केन्द्रका कर्मचारीहरुको व्यवहार समेत रुखो भएपछि ग्राहकहरुले आक्रोस पोख्ने गरेका छन् । काभ्रेमा पाँचखालमा मात्रै यो समस्या हैन । प्रकृया पुरा गरेका ग्राहकहरुले समेत समयमा मिटर पाउने गरेका छैनन् ।

तर जिल्ला प्रमुख नेपालमै मिटरको समस्या रहेको सुनाउँछन् । ग्राहकको माग अनुसारको मिटर दिननै नसकेको प्रमुख स्विर्काछन् ।


तपाईको प्रतिक्रिया