भकुन्डे । नमोबुद्ध नगरपालिकामा मापदण्ड विपरित सञ्चालन भईरहेका ईटाभट्टा उद्योग बचाउन नगरपालिका भित्रैका कर्मचारी र केही जनप्रतिनीधिहरु समेत लागेको खुलासा भएको छ । भट्टावालासँग रकम मोलमोलाई गरी कर्मचारी र केही जनप्रतिनीधि लागेसँगै यस विषयमा नगरपालिका बैठकमा हंगामा भएको बुझिएको छ ।

स्थानीय ईटा भट्टाको नविकरण नगर्ने नमोबुद्ध नगरपालिका नगर सभा र नगर कार्यपालिकाको विगतको निर्णयमा नगरपालिकाका कर्मचारी कै असहयोग देखा परेको हो । गत आर्थिक बर्षको (आ.व.२०७४÷०७५) राजश्व लिने क्रममा सामान्य रसिद मात्र काटेर लिनु पर्नेमा व्यवसाय दर्ताको प्रमाण पत्र नै बनाएर भट्टावाललाई उपलब्ध गराउने नगरपालिकाका प्रमूख प्रशासकिय अधिकृत कुमार प्रसाद कोईराला र प्रमाण पत्रमा हस्ताक्षर समेत गरेर दिने प्रशासकिय अधिकृत भागवत प्रसाद रेग्मीको काला कर्तुतहरु बाहिरिएसँगै नगर प्रमुख टिपीशर्माले विज्ञप्ती मार्फत बदमासी गर्ने कर्मचारीको भन्डाफोर गर्नु भएको हो ।

नगरप्रमुखलाई नै गुमराहमा राखेर नगरसभाकै निर्णय उल्ट्याउने कर्मचारीहरुको हर्कत बाहिरिएसँगै नगरप्रमुख टिपी शर्मा तिमल्सिनालाई बदनाम गराउन रचिएको षडयन्त्र धुजाधुजा भएको छ । स्वायत्त नगरको निर्णय लत्याएर यस किसिमको कार्य गर्ने यी दुई कर्मचारीको भट्टावालाहरुसंग भित्रि साँठगाँठ नभएको भए यस किसिमको काम हुनै नसक्ने जानकारहरु बताउँछन् । असार मसान्तको दिन शंकर ईटा उद्योग सहित अन्य आठ वटा उद्योगलाई एकै पटक करप्रयोजनका लागि व्यवसाय दर्ता प्रमाण पत्र जारी गरि दिन लागेपछि नगर प्रमूख टंकप्रसाद शर्माको हस्तक्षेप पछि पाँच वटा प्रमाण पत्र बाहिरीएको नगरपालिका स्रोतले बतायो । तीनवटालाई हतार हतारमा दिइएको प्रमाण पत्र समेत नगरप्रमुखले रद्घगरेसँगै भट्टावालाको योजना असफल भएको छ ।

कर्मचारीको बदमासी लगत्तै नगरप्रमूखले नगरकार्यपालिकाको बैठक बोलाएर उक्त प्रमाण पत्र रद्ध गर्न प्रस्ताव गरेका थिए । प्रस्तावको विरुद्घमा केही जनप्रतिनीधि निर्णयमै सहभागि हुन नचाहेपनि आफ्नो धारणा दर्ज गर्नुपर्ने अडान सँगै लल्याकलुलुक भएर सर्बसम्मत रुपमा प्रमाण पत्र रद्घ गर्न राजि भएको नगरपालिका स्रोत बताउँछ । बैठकले सम्बन्धित कर्मचारीलाई सचेत गराउने र ईटा भट्टा हटाएरै छोड्ने निर्णय गरेका बताइन्छ । भट्टाको हुन्डी खाएर नगरपालिकालाई नै बदनाम गराउन खोज्ने प्रशासकिय अधिकृत भागवत प्रसाद रेग्मी सरुवामिलाउन यत्तिखेर मनत्रालय धाइरहेको खबर छ । स्रोत भन्छ भट्टावालासँग लिएको रकम हजम गर्ने र नगरप्रमुखसँग बढेको दुरीबाट बच्न रेग्मी सरुवामिलाउन मन्त्रालय धाइरहेका हुन् ।

यसप्रकार आफ्नै कर्मचारीको शंकास्पद कार्यसम्पादनबाट हच्किएका नगरप्रमूख भने यतिबेला भट्टा पक्षधरसंग अरुबढि आक्रोशित बनेका छन् अब कुनैपनि हालतमा भट्टा राख्न नदिने अडानमा नगरप्रमुख लागिरहेका छन् । नगरपालिका भित्र भित्रैपाकेको खिचडीमा जसरी पनि कमाउने ध्येयले राजनीतिमा लागेका केही नियतकाखोटाहरु यत्तिखेर मुकुण्डो खोलेर धमाधम आफ्नो सक्कली अनुहार देखाउदैछन् । उनीहरु नगरप्रमुखलाई एउटा र भट्टावालासँग अर्को कुरा गरेर कमाउ धन्दामा लागिरहेका छन् ।

छद्म शैलीमा मैदानमा ओर्लिरहेको केही नेकपाकै नेताहरु समेत कसरी टिपी शर्मालाई असफल बनाउन सकिन्छ भन्ने दाउँमै छन् । उनीहरुको जतिसुकैजोरजुलम भएपनि मानव स्वास्थ्य विरोधी वातावरण प्रदुषणको मुख्य कारण रहेका ईटा भट्टा हटाउन नगरबासी भने नगरप्रमुखकै साथमा देखिएकाले उनीहरुको योजना असफल हुने स्पष्ट छ ।

समाचार स्रोतका अनुसार नगरपालिकालाई विगतमा सहयोग गर्ने स्थानीय केही राजनीतिक नेताहरु पनि यतिबेला नगरपालिकाको योजनामा असहयोगका आवाजहरु बुलन्द गर्न थालेकाछन् । तत्कालिन नेकपा एमालेको बहुमत पकड रहेको यस नगरमा हालैको पार्टी एकताबाट मिसिन आएको तत्कालिन एनेकपा माओवादीका नेताहरु असहयोगी बन्न थालेको बताइन्छ ।

जनताकाको माझमा भट्टा राख्न नहुने भनि विगतमा सार्बजनिक अभिव्यक्ति दिने माओवादीका केही स्थानीय नेताहरु अहिले भट्टाको समर्थनमा खुलेरैलागेको स्थानियहरु बताउँछन् । फ्यान्टे मिल्ने भएछ कि के हो नेताहरुले आफ्नो अडान छाड्दै पो गए – स्थानियहरुले दुखेसो पोखे । बरु नेपाली काग्रेंस निकट वडा अध्यक्षहरु नगरप्रमुख टिपी शर्माको भट्टा हटाउने निर्णयमा सहयोग गरिरहेका छन् तर पार्टी एकतामा सँगै आएका हिजोका माओवादीका (हाल नेकपा) नेताहरु भने चास्नीतिर किन दौडीन खोज्दैछन् बुझिनसक्नु छ एक नेकपाकै कार्यकर्ताले भने ।

भट्टा बचाउने अभियानमा यस क्षेत्रका साँसद गंगाबहादुर दोङ्को मौनता पनि रहस्यमय बनिरहेको स्थानियहरु बताउँछन् । उनको मौनताको पृष्ठभूमीमा एमाओवादी नगर अध्यक्ष एवं नमोबुद्ध नगर प्रमूखमा उम्मेदवार बनेका रत्न लामा सहीत व्यक्तिहरु समेत दोहोरो चरित्रमा उत्रिएकाले आशंका बढेको उनीहरु बताउँछन्् । कही कतै मौका मिले भट्टा हटाउनु पर्छ भन्ने तर फेरि घुमाई फिराई भट्टालाई वातावरण मैत्रीबनाउनु पर्ने भन्दै नगरप्रमुखलाई कमजोर पार्ने खेलमा नेकपा भित्रकै नेता लागेपछि नगर अध्यक्ष टिपी शर्मा तिमल्सिना पार्टी भित्रै दुखेसो पोखिरहेका छन् ।

त्यसोत भट्टा बचाउन लागेकाहरु पुनः निर्माणको समय भन्दै गुलिया प्रस्ताव अगाडि साररिहेका छन् । आफ्नो राजनीति जिम्मेवारी बाट हठात पञ्छिएर नागरिकको हैसियतभन्दा पनि तल पुगेर आफ्नै पार्टीलाई बदनाम गराउन नेताहरु किन लागे भन्ने गंभिर प्रश्न खडा भएको स्थानियहरु बताउँछन् ।

जनताको पक्षमा खरो अभिव्यक्ति दिन नसक्ने केहि जनप्रतिनिधिहरु समेत पछिल्लो घटनाक्रम पछि माखे साङ्लोमा गर्दै गएका छन् । नेपाली कांग्रेसबाट निर्वाचित कर्म ग्याल्बो लामा जस्ता बयोबृद्ध वडाध्यक्ष जतिको पनि दुरदृष्टि नराख्ने केहि ढुलमुले युवा वडाध्यक्षहरुले भने रुञ्चे स्वरमा घुमाईफिराई भट्टाको समर्थन गर्ने कोशिस गरे पनि त्यो नाकाम भएको बताईन्छ ।
भट्टा बचाउन भित्रैलागेका वडा अध्यक्षहरुलाई बैठकमा नगरप्रमुखले बचन हैन लिखित अभिमत राख्न, बैठक पछि अन्यथा कुरा नगर्न र बैठक छोडेर नहिंड्न रुलिङ्ग गरे पछि लाचार भएर भट्टाको पक्षमा भएकाहरुसमेत निर्णयमा हस्ताक्षर गरेर हिंडेका थिए । बैठकमा भट्टाको समर्थन गर्ने, भट्टा विरुद्ध निर्णय हुन लागे बैठकबाट बाहिरीने र भट्टावालालाई सूचना दिने अनि बैठकमा फरकमत दर्ज सम्म गर्न नसक्ने जनप्रतिनिधिहरुलाई यस पटक नगरप्रमूखले एकै पटक तौलिएर गजब काम गरेको बैठकमा उपस्थित अर्का एक वडाध्यक्षले बताए ।

राज्यले समेत भकुण्डे क्षेत्रका भट्टाहरु मापदण्ड पुरा नभएको भनि ठह¥याई सकेको भए पनि राजनीति गर्ने भनाउँदाहरु यतिबेला भट्टाको हण्डी खाएर बिष बमनमा उत्रिएकाहरु नाङ्गेझार हुँदैछन् ।

नेपाल सरकार उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयको मिति २०७५ जेठ २० गतेको पत्र मुताविक व्यवसायीहरुसंग छलफल गरी सकिएको नगरपालिका स्रोतले जानकारी दिएको छ । नगरपालिकाको मिति २०७४चैत्र १२ को पत्र मुताविक वातावरण विभाग कुपण्डोल ललितपुरले भकुण्डे क्षेत्रका भैरबकुण्ड ईटा उद्योग, जय शिवशक्ति ईटा उद्योग, पञ्चकन्या ईटा उद्योग, शंकर ईटा उद्योग र शिबशक्ति ईटा उद्योगले स्वीकृत प्रारम्भिक वातावरणीय परिक्षण प्रतिवेदन(आई.ई.ई.) र नेपाल सरकार वातावरणीय मापदण्ड अनुसार पूर्णरुपमा कुनै पनि उद्योगले पालना गरेको नपाईएकोले आवश्यक कार्वाहीका लागि नमोबुद्ध नगरपालिकालाई लेखि पठाइसको छ ।

यसैगरी, उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयको मिति २०७५ जेठ २० को घरेलु तथा साना उद्योग विभाग त्रिपुरेश्वर र घरेलु तथा साना उद्योग विकास समिति त्रिपुरेश्वरलाई पठाईएको पत्रमा ईटा भट्टाको दर्ता नविकरण गर्दा स्थानीय तहको कार्यपालिकाको बैठकको निर्णयबाट भएको सिफारीस बमोजिम मात्र गर्न भनिएको छ । स्वीकृत मापदण्ड पालन गरेको व्यहोराको प्रमाणपत्र प्राप्त नभएसम्म उद्योग नविकरण नगर्न भनि लेखि पठाईएको छ । जसअनुरुप नगरपालिकाबाट व्यसाय दर्ताको प्रमाण पत्र बनाएर झुक्याएर नविकरण गराउन कर्मचारी समेतको मिलेमतोमा असार ३२ काम भएको खुल्न आएको छ ।
कर पनि तिरेको, व्यवसाय दर्ता पनि अघिल्लो आ.व.मा (असार ३२ गते) भएको भन्ने पारेर यस आ.व.मा उद्योग नविकरण गराउने षड्यन्त्रमूलक काम भएकोमा नगरप्रमूखले त्यसलाई बोर्ड बैठकको निर्णयबाटै रद्ध गराएका छन् ।

 

२०७५ साउन ०८ गते मंगलबार तपाइँ हाम्रो साप्ताहिक पत्रिकामा प्रकाशक


तपाईको प्रतिक्रिया