काठमाडौं ।  चिकित्सा शिक्षा सुधारको माग गर्दै अनसनरत डा गोबिन्द केसी र सरकारबीच सहमति भएको छ । प्रधानमन्त्री कार्यालयमा भएको वार्तापछि सरकार–केसी पक्षबीच ७ बुँदे सहमति भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले डा केसीसँग सहमतिका लागि सन्देश पठाएसँगै साढे दुई बजेदेखि प्रधानमन्त्री कार्यालय सिँहदरवारमा वार्ता सुरु भएको थियो।

डाक्टरकेसीलाई भेट्न केसीका पक्षबाट बार्तामा सहभागी टोली सहमतिको ड्राफ  बोकेर शिक्षण अस्पताल महारांजगन्ज पुगेको छ । केसीले ड्राफमा सहमति जनाएपछि आजै अनशन तोडिने बताइएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको वार्ता सहमतिनजिक पुगेको वार्तामा सहभागी डा. केसी पक्षका सदस्य अधिवक्ता सुरेन्द्र भण्डारीले जानकारी दिए ।

‘धेरै कुराहरू राम्रा भएका छन्, यसको अर्थ वार्ता सकिएको भन्ने होइन, अब केही टेक्निकल कुराहरू बाँकी छन्,’ उनले भने, ‘अब वार्तामा भएको कुराकानी र सहमतिबारे डा. केसीलाई जानकारी गराउँछौं ।’

वार्ताको उपलब्धिबारे डा. केसीलाई जानकारी गराउने र उनले हुन्छ भनेमा वार्ता सफल हुने भण्डारीले बताए ।

‘एउटा कुरा मात्र मान्नुभएन भने पनि उहाँलाई जबरजस्ती गर्न सक्दैनौं,’ वार्तामा संलग्न भण्डारीले भने, ‘हामी उहाँका प्रतिनिधि मात्र हौं, उहाँले ठीक छ भन्नुभयो भने कुरा मिल्छ ।’ डा. केसी २७ दिनदेखि अनशनमा छन् ।


तपाईको प्रतिक्रिया