धुलिखेल । वझाङ जिल्लाको विकट ठाउँ माझि गाउमा पिता बर्क वहादुर रोकाया (हाल गाउपालिका अध्यक्ष) र माता लक्ष्मिदेवि रोकायाको कोखवाट पाच सन्तान मध्ये कि चौथो सन्तानको रुपमा जन्मिएकि सोनिका रोकाया एक सझम ईमान्दार र निडर युवती हुन । द्वन्द्वकालमा तत्कालिन माअोवादिले अाफ्नो वावुकोखुट्टा भाचिदिएपछि त्यहावाट विस्थापित भएर धनगढि जादा वाटोमा टेलिभिजन देखेर दङ्ग परेकि उनी मा त्यहि वेलादेखि कलाकारिताको भुत सवार भयो । वावुको स्वास्थ अवस्था र खाना समेत लाई वेवास्था गरि उनी धेरैवेर पर्दाको दुनियामा हराईन रे वाल्यकालमै । धनगढिमा कक्षा चारको पढाइ सकिएपछि बाबा र दाजुको प्रेरणाले देशको राजधानि काठमाडौं स्थित वुढानिलकण्ठ स्कुलमा पाच कक्षादेखि नै होस्टल वसेर अध्यन गर्न थालिन । सानै देखि नाच्न शौखिन सोनिका धनगढि तिर महोत्सव मेला हुदा नाच्न पुगिहाल्थिन। मेला महोत्सवमा राजधानि वाट अाउने कलाकारहरु देख्दा काठमाडौ छिर्नपाए अाफु पनि हिरोईन नै हुने सपना सजाउथिन उनी । तर यथार्थमा काठमाण्डौले उनलाई धेरै सिकायो, चिनायो र विझायो पनि ।परिवारको चाहना डाक्टर वनाउने थियो तर परिवारको चाहना भन्दा अाफ्नो चाहनालाई जोड दिदै परिक्षामा फर्म भर्दा विषय नै परिवर्तन गरेर उनी लागिन सपनाको श्यामश्वेत दुनिया पत्रकारिता क्षेत्रमा । बिस्तारै साथिहरुको हौसला र अाफ्नो अात्मविश्वाशले उनलाई मिडियाको क्षेत्रमा कुदाउन थाल्यो । सर्वप्रथम KTM Nepal Chat Box कार्यक्रम मार्फत उनको उडान शुरु भयो र अाज Wow Nepal मा सोनिका रोकाया को छवि अाकासिएको देख्न सकिन्छ। उनै निडर कर्मशिल र स्पस्टवक्ता सोनिका रोकाया सग वेथानचोक सहकर्मि नवराज ढुगानाले गर्नुभएको
भलाकुसारि :

Rokaya Sarkar Sonica

 

० आजभोली के मा ब्यस्त हुनुहुन्छ ?
– म आफ्नै च्यानल wow nepal मा नै व्यस्थ छु ।देख्नु नै भाको होला वाटोघाटो चोक गल्लिमा तपाईहरु सगै व्यस्त र मस्त हुन्छु।

० Wow Nepal मार्फत सोनिका रोकायाले नेपाली समाजमा अश्लिलता भित्राएको अारोप छ नि ?
– हो मैले गरेको क्रियाकलाप समाजलाई नपच्ला तर स्विकार चै गरेको छ । विषय अश्लिल लाग्ला तर सन्देश सकारात्मक नै छ भन्ने मलाई लाग्छ ।

० हरेक एपिसोडमा सेक्स र यौनका कुरा गर्नुहुन्छ नि त्यो किन ?
– वास्तवमा यो कुरा सबैलाई अावश्यक छ र बुझ्नुपनि पर्छ । लुकाएर राखेको कुरा मान्छेले वढि खोजि गर्छ नेपाली समाजमा यौनका कुरा धेरै लुकाईन्छ र खोजि धेरै हुन्छ अथवा महिलाहरु वढि पिडित हुन्छन । म चाहन्छु यस्ता कुरा सवैलाई जानकारि होस र चियोचासोको विषय नवनोस ।

Rokaya Sarkar Sonica

० यौन र सेक्सका ज्ञान अन्य तरिकावाट पनि दिन सकिएला यहि माध्यम चै किन रोज्नु भो त ?
– अन्य तरिकावाट ज्ञान दिने अरुपनि सस्था छन व्यक्ति छन तर मलाई यहि उपयुक्त लाग्यो र यहि छु । मेरो वाल्यकाल देखिको सपना यहि क्षेत्र हो । साथिभाई र अाफन्तहरुको साथ सहयोग र मायाले यहाँ छु ।मेरो प्रस्तुतिको उदेश्य अश्लितता मच्याएर समाज विगार्नु हैन।

० फुर्सदको समयमा के गर्न रुचाउनु हुन्छ ?
– साथीभाइहरु संग भेटघाट, घुमफिर, सगित र डान्स मन पर्छ ।

० जीवन के हो ?
– जीवन जीउन जान्यो भने जीवन हो। जानेन भने वन्धन । खुसि हुने धेरै काणहरु हुदाहुदै यौटा कुरामा दुखि हुनु हुन्न । परिस्थिति र परिवेश स्वीकार्न सक्नु पर्छ । यहि नै हो असल जीवन ।

० प्रेम के हो ?
– प्रेम जरुरि हो । जुन एक अर्कामा वा ससारमा अावश्यक छ ।

० प्रेम प्रस्ताव कत्तिको आउछ ?
– अवस्य आउछ नै । सवै प्रस्तावलाई सम्मानका साथ स्वीकार गरेर राख्या छु ।

० अत्यमा केही भन्न चाहानु हुन्छ ?
– मेरा दर्शकहरूले जति गालि गर्नु हुन्छ माया पनि लुकिलुकि नै गर्नुहुन्छ । युटुवको भिडियो हेरेर । सोनिका रोकाया सधै गलत हैन र छैन समाजमा चलि अाएका र भईरहेका कुराहरु शब्द मार्फत वोल्ने हिम्मत सोनिकाले राखेकि हो । कसैलाई गलत लाग्छ भने नहेरिदिनु नसुनिदिनु कट्टा हान्नु पर्ने अवस्था नहोस भन्दै बेथानचोक खबर परिवार र तपाई नवराज ढुगानालाई बिशेष धन्यवाद दिन चाहन्छु ।


तपाईको प्रतिक्रिया