धुलिखेल । केही महिनाअघि जिल्लाको महादेवस्थान–२ रानीको बगरमा स्थानीय जगदिश्वर श्रेष्ठको भैसी अकस्मात रुपमै मर्याे । श्रेष्ठले तत्कालै स्थानीय बिमा समितिलाई भैसी मरेको खबर पठाए । एक समुह आएर भैसीको चेकजाँच गरे, पोष्टमार्टम घटनास्थलमै भयो अनि एउटा कागजमा सहिछाप गराएर श्रेष्ठलाई ४८ हजार नगदकै दिएर टोली फर्कियो । पशुपालनमै आश्रित उनको ७ जनाको परिवारले घरमा भैसी मरेको आभाष समेत गर्न पाएनन् र साँझनै श्रेष्ठले गाँउवाट भैसी ल्याएर गोठ खाली हुन दिएनन् । त्यस्तो राम्रो काम गर्ने बिमा सहकारीको दर्तामा सरकारले रोक लगाएपछि लोकप्रिय कार्यक्रम अघि बढ्न सकेको छैन ।

काभ्रेमा उत्पादन भएको दुधले काठमाण्डौ उपत्यकाको ४५ प्रतिशत बजार धानेको एक सर्वेक्षणले जनाएपछि काभ्रेमा पशुपालन व्यवसाय संरक्षण गर्ने उदेश्यले सुरु भएको पशु बिमा कार्यक्रले काभ्रेका किसानहरुले राहत पाएका छन् । त्यस्तै तरकारीको योगदान समेत २९ प्रतिशतभन्दा धेरै रहेपनि त्यसको खेतीमा हुन सक्ने जोखिमको बिमा गराउन किसानले पाएका छैनन् ।
एक सर्वेक्षण अनुसार काभ्रेमा मात्रै १ लाख बिमा योग्य पशुहरु छन् । त्यो मध्ये २५ हजार पशुको मात्रै बिमा भएको पशु बिमा सहकारी समिति काभ्रेका अध्यक्ष दिपकप्रसाद पौडेलले राजधानीलाई बताए । २०५५ सालपछि काभ्रेका १ हजार बिमित पशुको मृत्यु भएर किसानले प्रिमियम रकम वापतको क्षतिपुर्ती लिएका छन् । जिल्ला विकास समिति काभ्रेको पहलमा ढुंखर्कवाट सुुरु भएको पशु बिमा कार्यक्रम २५ गाविसमा विस्तार भएतापनि पशु बिमा सहकारी दर्ता प्रकृया नेपाल सरकारले रोकेपछि बिमा कार्यक्रम काभ्रेभर लागु हुन सकेको छैन ।

काभ्रेका ढुंर्खक, मेथिनकोट, खनालथोक, महादेवस्थान, गैरिबिसौना देउपुर,चलालगणेशस्थान, कुशादेवी, बल्थली, कँलाती भुमिडाँडा, श्यामपाटी, बालुवापाटी देउपुर, मण्डन जैसिथोक, कोशीदेखा, टुकुचा नाला, उग्रचण्डी नाला, साठीघर भगवती, जनागाल, शंखुपार्टीचौर, बाँसडोल,पुरानो गाँउ दाप्चा लगायतका गाविसमा पशु बिमा सहकारी लागु भएका छन् ।
सहकारी विभागले पशु बिमा सहकारी संस्था दर्तामा रोक लगाएपछि काभ्रेका धेरै संस्था सहकारीमा दर्ता हुन सकेका छैनन् । तर किसानहरु काभ्रे जिल्ला भर सहकारी मार्पmत बिमा गर्न पाए हुनेथ्यो भनेर आशा गरेर बसिरहेका छन् । पशु बिमा सहकारी मार्फतभन्दा पनि बिमा कम्पनीले बिमा गराउने भनेपनि किसानको गोठसम्म बिमा कम्पनी पुग्न सकेका छैनन् । काभ्रेका धेरै सहकारी, किसानहरुको समुहले गाँउमै बिमा सहकारी मार्फत लोकप्रिय काम गरेपनि बिमा कम्पनीको पँहुचसम्म किसान पुगेका छैनन् ।

‘एउटा किसानले १ लाख रुपैयाको भैसीको बिमा गरेमा त्यो रकमको एक हजार दुई सय ५० किसानले दिने र ३ हजार सात सय ५० सरकारले उपलब्ध गराउँछ’ किसान अगुवा दिपक पौडेलले सुनाए तर एक बर्षमा किसानको क्षती नभएमा त्यो ५ हजार रकम कम्पनीको खातामा जाने भएपछि सरकारको अनुदान र किसानको पैसा समुदायमै भएमा राम्रो हुने भएकाले समुदायमा बिमाको वातावरण मिलाउन माग गरेको बताए ।

जिल्ला दुग्ध उत्पादक सहकारी संघ काभ्रेका अध्यक्ष नारायण बडाल नाफा नोक्सान बिमा सहकारीलाई दिएमा सवल किसानको सम्ुदाय बन्ने अधिकार खोसेको सुनाउँछन् । सरकारलाई देखाउने हिसाबका मात्रै बिमा कम्पनी गाँउसम्म आएको बडालले बताए । बिमा कम्पनीको पँहुचसम्म किसान नभएकाले बिमा कम्पनीसँग किसानले विश्वास समेत गर्न छाँडेका हुन् । गाँउमा एउटा किसानले बिमा गराएवापत आउने ५ हजार रुपैया गाँउमै भए समुदायले पशु धनकै बृद्धि हुने सुनाए ।
उता, बाली बिमाको लागि सरकारले तरकारी खेतीको लागि सामान्य जग्गामा १५ हजार तथा टनेलमा ३० हजारको बिमाको व्यवस्था गरेपनि कृषि विकास बैंकले किसानले प्रति रोपनी बिमाको जम्मा पारेको ३ सय रुपैया चल्ती खातामा राखेर बिना ब्याज रकम चलाईरहेका छन् । एक रोपनी जग्गामा एक हजार २ सय बिमा रकम हुने र त्यसमा किसानले ३ सय रुपैया राख्ने र सरकारले ९ सय रुपैया बिमा रकम उपलब्ध गराएपनि हजारांै किसानले जम्मा पारेको रकम केन्द्रीय बैंकसम्म पु¥याएका समेत छैनन् । यसले कृषि पेशामा रहेका किसानहरुमा नैराश्यता छाएको छ । उनीहरुमा बिमा गरेको बालीको क्षती भएमा रकम आउने वा नआउने स्थिती सृजना गराएको छ ।

सरकारले नाममात्रैको बिमाको कुरा गरेको आफूहरुप्रति अनुदार भएको किसानहरु सुनाउँछन् । उनीहरु सरकारले अब साना सहकारीलाई पशु बिमा र बाली बिमा गराउन आग्रह समेत गरेका छन् । कृषि र पशुपालनमा आश्रित लाखौं कृषकप्रति सरकारको पशु बिमा र बालिबिमाका कार्यक्रम अनुदार देखिएका छन् । २०५९ सालमा नीजि बिमा कम्पनीको स्थापना भएसँगै समुदायका सदस्यहरुले स्वतस्फूर्त रुपमा स्थापना गरेका बिमा सहकारीहरु समस्यामा परेका छन् ।

सरकारलेनै सुरुमा ‘सिड मनी’अर्थात बीउ पुँजी सहयोग गरेर गाँउ–गाँउमा पशु बिमा लघु समुहहरु स्थापना गरेपनि यतीबेला सरकारनै सहकारीबाट बिमा सहकारी संस्था स्थापनामा रोक लगाएका छन् । यसले उनीहरुलाई समस्या परेको छ ।


तपाईको प्रतिक्रिया