बनेपा । काभ्रेको बनेपा नगरपालिकामा दुई ओटा चितुवा मानव बस्तीमा छिर्याे । बनेपाको धनेश्वरमा सेन्टलम बोर्डिङ स्कूल नजिकै घाईते अवस्थामा बस्तीमा छिरेको चितुवाले मानविय क्षती नपुयाए पनि जन जीवनलाई आंतकित बनायो । वनकर्मचारीले चितुवालाई नियन्त्रणमा लिएर सुरक्षितबासस्थानमा छाडिएको जिल्ला वन कार्यालय काभ्रेले जनाएको छ ।

केही समयअघि बनेपा सिनागालमा चितुवा बस्तीमा एकाबिहानै छिर्दा आंतक सृजना भएको थियो । चितुवालाई नियन्त्रण लिन पुगेका जिल्ला वनकार्यालय काभ्रेको सहायकवनअधिकृत पवित्रातिमल्सिना घाईते भएकी थिईन । जंगलवाट चितुवा बस्तीमा छिरेको सूचनापाउने वित्तिकै चितुवा नियन्त्रण गर्न पुगेकी पवित्रलाई चितुवाले आक्रमण गरेको थियो । उनको हातमाचोट लागेको छ ।

काभ्रेको मण्डन देउपुर नपा–८ धाईटारमा स्थानीय घुमुवा आदिवासीले स्याललाई थापेको पासोमा परेर घाईते बनेको वयस्क चितुवालाई जिल्लावनकार्यालय काभ्रेले उद्धार गरेर प्राकृतिकवासस्थानमा छोडेको जिल्लावनकार्यालय काभ्रेले जनाएको छ ।

काभ्रेमा पछिल्लो समय जंगलमा मावन अतिक्रमण बढेसँगै मानव र जंगलीजनावरहरुको द्वन्द्वमा बृद्धि भएको हो । काभ्रेमा चितुवाको अलावा, बाँदर, बँदेल, दुम्सी, कालिजले मानवको कृषि उत्पादनलाई असर पार्ने गरेको छ । यसले मानव सँगको द्वन्द्वमाथप बृद्धि भएको छ ।


तपाईको प्रतिक्रिया