दुम्जा । काभ्रे,सिन्धुली र रामेछाप जिल्लाका स्थानीयहरु रोशी खोलामा पुल नहुँदा समस्यामा परेका छन् । पुलको अभावमा जोखिम मोलेर खोला तर्ने उनीहरुको बाँध्यता रहेको छ । रोशी खोलाको दुम्जामा पुल नभएको पनि हैन तर केही व्यक्तिलाई फाईदा पुग्ने हिसावले पुल बनेको कारण भएको पुल प्रयोग गर्न भिरको बाटो भएर आउनु पर्दा ज्यान जोखिम भएकाले स्थानीयले प्रयोगनै गर्दैनन् ।

मध्यपहाडका महत्वपुर्ण तीन जिल्लाहरु काभ्रे, रामेछाप र सिन्धुलीका स्थानीय पुल भएपनि त्यसको उपयोग गर्न सकिरहेका छैनन् । तीन जिल्लाको संगमस्थल भएर बग्ने रोशी खोलामा पुल नभएका कारण जोखिम मोलेरै खोला तर्ने वा पैसा तिरेर डुंगाको सहरा लिनेभन्ने बाँध्यता स्थानीयको छ ।

स्थानीय मानबहादुर माझीलाई दैनिक तीनपटक रोशी खोला ओहोरदोहोर गर्नुपर्ने बाँध्यता छ । खेतीपाती सिन्धुली जिल्लाको कुशेश्वरमा रहेका माझीको बारी काभ्रेको तेमाल गाँउपालिकामा छ भने घर रामेछाप जिल्लाको सुनपती गाँउपालिकामा पर्छ । फटाफट हिड्दा उनको घरवाट खेतसम्मको दुरी २० मिनेटको हो । पुलको अभावमा खेतसम्म पुग्न उनले तीन घन्टा बिताउनु पर्ने बाध्यता रहेको छ ।

घर नजिकैवाट देखिने झुलुङ्गे पुल भएपनि तिरतिरटार पानीघाटको पहिरोको भिरको बाटो भएर आउनु पर्ने भएकाले कोही पनि पुल तर्दैनन् । पुलको बाटो भएर आउने जाने क्रममा भिरवाट ढुंगा खसेर १५ जना भन्दा धेरैको मृत्यु भैसकेकाले स्थानीयहरु बरु खोलामै जोखिम मोलेर तर्ने वा डुंगा वा ¥याफटिङको सहरा लिने गरेका छन् ।

भिरको बाटो भएर जाने आउने क्रममा काभ्रेको मात्रै झाक्री थोकर, काईला थोकर, सानु दोङ र दमाईसिं तामाङले अकालमा मृत्युवरण गर्नुपरेपछि हामीले भिरको वाटो हिड्नै छाँडेका छौ, स्थानीय भिम तामाङ सुनाउँछन् ।

असार २८ गते आएको बाढीले स्थानीयहरुको सकृयतामा बनाईएको अस्थायी पुल भत्काएपछि उनीहरुमा झनै समस्या बढेको हो । ४७ बर्षपछि रोशीको त्यत्रो ठूलो बाढी आएपछि उनीहरुको खेत बग्ने र ओहोर दोहोरमै समस्या परेको सुनाउँछन् ।
त्यतीमात्रै नभएर तेमाल गाँउपालिका–९ मेच्छेपौवामा रहेको बुद्धकिरण आधारभुत विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरु समस्यामा परेका छन् । असार साउननमा खेतीपातिको काम गर्नु की छोराछोरीलाई खोला वारपार गराउन जानु ठूलै समस्यामा स्थानीय परेका छन् ।

रोशीमा पुल नहुँदा बिरामी परेको समयमा स्थानीयलाई अस्पतालसम्म ल्याउने र लैजाने समस्या परेको छ । हामीले हरेक निर्वाचनमा झुंलुङ्गे होस वा पक्की पुलकै माग गरेका छौ तर हाम्रो समस्याको समाधान हुन नसक्दा समस्यामा परेका छौ स्थानीय रोजबहादुर तामाङ दुखोसो सुनाउँछन् । ‘हाम्रो बजार काभ्रेमा छ खेतीपाती सिन्धुली र बसोबास रामेछाप, एउटा पुलको अभावमा बसाई सर्ने बाँध्यताको सृजना भएको छ’ उनले भने ।

पुलको अभाव सबैभन्दा धेरै विद्यार्थी, किसान र बिरामीले भोगेका छन् । खोला तर्न नसक्ने भएपछि एक पटक खोला तरेकै ५० रुपैयासम्म तिर्ने बाँध्यता स्थानीयसँग छ । लाखांै रुपैया लगानी गरेर डुंगा र ¥याफटिङको व्यवस्था स्थानीयले व्यापारीले गरेर सुविधा पुगेपछि स्थानीय जनतालाई भने खोला तरेकै एक सय रुपैयासम्म तिर्ने बाँध्यता छ ।


तपाईको प्रतिक्रिया