धुलिखेल । नेपालमा मात्र नभई बिदेशमा समेत व्यापक चर्चामा आइ रहने नाम हुन रक गायिका सरस्वती लामा, बेला बेलामा आलोचीत र बिवादित बन्ने गरेकी गायिका सरस्वती लामाले आफुले आलोचना भोगेका बिषयमा समय सान्दर्भीक ‘भैसी हात्ति’ बोलको गीत गाएर, म्युजिक भिडियो बनाएर अहिले एकाएक चर्चाको आएकी छिन् ।

आफ्नो बोल्ड अवतार र पहिरनले बेला बेलामा चर्चामा आउने र आलोचना खेपी रहने भएपनि प्राय जसो नेपालको मेला,जात्रा,महोत्सव स्टेज प्रोग्रामहरुमा सर्वाधिक ब्यस्त रहने गायिका हुन । लामाकै स्वरमा सजिएको यस् गीतमा बिजय तामाङको शब्द, बुद्ध स्याङबाको एरेन्ज तथा कम्पोज रहेको छ, भने सरस्वती लामा, महादेव त्रिपाठी ,पेम्बा शेर्पा ,केशव जाङबु एन शेर्पाको अभिनय रहेको छ ।

अब रक बिद्याका गितमा बोल्ड अवतारमा नउत्रिएर के भजन किर्तन गाउने बेलामा लगाउने पहेलो टि-सर्ट्मा ” जय भोले बाबा ” लेखिएको लगाएर अभिनय र नृत्य गर्नु त ? जुन बिद्याको गित हुन्छ त्यही अनुसार कलाकारहरु अभिनय गर्न सक्नु पर्छ लामाको भनाइ रहेको छ ।

भिडियो भने सरस्वतीको आफ्नै युट्ुयुब च्यानलबाट अपलोड भएको छ ।

भिडियो हेर्नुहोस :


तपाईको प्रतिक्रिया