बनेपा । काभ्रेको बनेपा अक्षरधाम नीलकण्ठेश्वर परिसरमा काभ्रेली प्रतिभा डा. गोपाल पौड्याल ‘मन्डने’ को एकल कविता वाचन कार्यक्रम सम्पन्न भयो ।

शब्दयात्रा प्रकाशनको आयोजनामा गर्ने गरिएको ‘कर्मयोद्धासँग शब्दसंवाद’ कार्यक्रमको ५४ औँ शृङ्खलामा गत साउन ४ गते शुक्रबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा सम्पन्न उक्त कार्यक्रममा कवि डा. गोपाल पौड्याल ‘मन्डने’ ले प्रमुख वक्ताका रूपमा आफ्ना कविताहरू वाचन गर्नुभएको थियो । लयबद्ध कविता, गीतिकविता, गद्यकविता, मुक्तक र गजलहरू साढे एक घन्टासम्म निरन्तर वाचन गरेर उहाँले श्रोताहरूलाई मन्त्रमुग्ध पार्नुभएको थियो ।

शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीको सभापतित्व र ‘नेपालभूमि साप्ताहिक’ का कार्यकारी सम्पादक चूडाप्रसाद चौलागाईंको उद्घोषणमा सञ्चालित उक्त कार्यक्रममा चलचित्र नायक रवीन्द्र खड्का, संस्थाका महाप्रबन्धक शारदाप्रसाद शर्मा, सुभाष स्मृति प्रतिष्ठानका अध्यक्ष चन्द्रबहादुर खड्का, आध्यात्मिक लेखक ओतबहादुर खड्का, इन्जिनियर रोशन अधिकारी, महाकाव्यकार कविप्रसाद प्याकु¥याल, कविहरू डा. श्याम भट्टराई, सोमकाजी शाक्य, केदारनाथ तिमल्सिना, कवयित्रीहरू तारा केसी, द्वारिका कुइँकेल, अग्रज पत्रकार रामचन्द्र हुमागाई आदिसहित विभिन्न कवि–लेखकहरूको उपस्थिति थियो ।


तपाईको प्रतिक्रिया