दोलालघाट । दोलालघाटबाट कोशीपारी मध्य पहाडी लोकमार्गको लागि डिजेल बोकेर गएको बा १ क ९०८१ नं को ट्पिर डुम्रे दमै मोडमा दुर्घटना भएको छ । डिजेल बोकेको टिपरमा आगो लागेपछि टिपर सडकवाट १० मिटर तल खसेको थियो ।

ट्पिर चालक दाङ घर भएका कान्छा मगर र काभ्रे चौवासका कान्छा पहरी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । आगलागीवाट टिपर पुर्ण रुपमा जलेको छ ।


तपाईको प्रतिक्रिया