बनेपा । साउनदेखि बनेपामा दुई जना व्यक्तिले बनेपा सफाई गरिरहेका छन् । झट्ट हेर्दा मंगोलियन फेसका देखिने उनीहरुलाई जापानिज होलान् भनेर सोच्छन् तर उनीहरु कुनै विदेशी हैनन् । विश्व सफा पार्ने अभियानका अभियान्ताहरु हुन् । राजधानी खाल्डो किर्तिपुरका ।

बनेपाको सडकमा फोहोर थुप्रिएको गुनासो सामाजिक संञ्जाल मार्फत बनेपालीले गरेपनि किर्तिपुरका दुई व्यक्तिले भने एक महिनाभर बनेपाको सफाई गरिरहेका छन् । बनेपाका स्थानीयहरु खिसीटिरी गर्छन् फोहोर बनेपा भयो भनेर तर उनीहरुले फोहोर फाल्ने सभ्यताको अन्त्य गर्न आवश्यक रहेको सुनाउँछन् ।

पछिल्लो समय बनेपामा अत्याधिक फोहोर बढेसँगै विश्व सरसफाई अभियानमा संम्लग्न किर्तिपुरका राजमान मानव र शुसिला मर्हजन साउन ४ देखि बनेपाका सडक सफाई गरिरहेको छन् । कुनै समय नेपालकै धनी शहरमा पर्ने बनेपा फोहोर देखेपछि उनीहरुले बनेपाको सडक सफाईमा जुटेका हुन् ।

पुरै बनेपामा हेर्दा नेपालकै सबैभन्दा फोहोर शहरको रुपमा बनेपा नभएपनि बजारलाई हेर्दा जनकपुरभन्दा पनि फोहोर देखिएपछि सफाईमा जुटेका हौ, मानवले सुनाए । बनेपामा धेरै धनी मान्छेहरु छन् तर उनीहरुले आफै फोहोर गरिरहेका छन् अब सबै मिल्न सके बनेपाको फोहोर समयै हट्ने थियो ।

सडकमा उनीहरु निरन्तर फोहोर उठाउने काममा सकृय भएपनि बनेपालीले उनीहरुलाई सफाईमा साथ भने दिएका छैनन् । दिनभर सडकमा फोहोर उठाएर उनीहरुले सडकमै टेन्ट हालेर रात कटाउने गरेका छन् । खाना र खाजाको व्यवस्था समेत उनीहरु आफैले व्यक्तिगत रुपमा गर्ने गरेका छन् ।

बनेपाको सफाई बनेपाका स्थानीयले साथ दिएमा १५ दिनमै सफा हुने मानवको भनाई छ । बनेपाको सडक र नदीमात्रै फोहोर हो उनले भने सबैको सकृयतामा बनेपा सफाई बनाउन सकिन्छ तर कोही सहभागी नभएपनि आफूहरुले भने एक महिनासम्म निरन्तर बनेपाको सफाई गर्ने बताए । २०६७ सालमा किर्तिपुरवाट सुरु गरेको अभियान १० बर्ष अघि सुरु गरेर स्वदेश तथा विदेशमा पुगेको छ ।

उनीहरुले मिल्यो भने साउन १९ गते बनेपामै सबैको सहकार्य गरेर सफा बनेपा कसरी बनाउन सकिन्छ भनेर बहस सुरु गरेका छन् । बनेपामा फोहोर देख्ने वित्तिकै उनीहरुले फोहोर संकलन गरिरहेका छन् । म अभियानमा सकृय उनीहरुले कसैले सहयोग देलान् भनेर यो अभियानमा लागेका हैनन् । किर्तिपुरमा सयौं बर्षदेखिको फोहोर डम्पिङ साईडनै सफा पारेका थिए । उनीहरु किर्तिपुरवाट बनेपा आएर काम गरे भने अब हामी बनेपालीले किन नगर्ने भनेर उनीहरुले माग गरिरहेका छन् ।

हेर्नुस्  भिडियो : 


तपाईको प्रतिक्रिया