
काठमाण्डौं । अहिले एक जना डाक्टरले गरेको अनसनलाई लिएर सडक तताउने प्रयास भएको छ । मनमा चारतारे झण्डा ओढेका हरु बुद्धिजीवीका नाममा सडकमा आएका छन् । उनीहरु जे नाममा आएपनि कांग्रेस भएर मर्न र बाँच्नका लागि यो धर्तीमा जन्मेका जस्ता भएका छन् । उनीहरुका बिगतका ब्यबहाराले समेत यो कुरा पुष्टि गरीसकेको छ ।
शनिबार राजधनीमा एउटा गजबको घटना भयो। बुद्धिजीवीका नाममा बानेश्वरमा भईरहेको एउटा कोण सभामा कांग्रेसको झण्डा मिसियो। तरुणदलका नाममा आएको काग्रेसको त्यो जुलुस बानेश्वरमा मिसिदा जन्मजात नकारात्मक लेख्न र बोल्न जान्ने खगेन्द्र संग्रोला सरकारविरुद्ध तीतो ओकलीरहेका थिए ।
शनिबार माईतीघर मण्डलाबाट सोलिडारिटीका नाममा निकालिएको सो जुलुसमा सरकारले दिएको पेन्सन खाएकाहरु , सरकारी जागिर खाएर अघाएकाहरु सरकारविरुद्ध डकार्दे थिए। लाग्थ्यो जीवनको अन्तिम कालखण्डमा उनीहरु नेकपाको विरोध गरेर बिताउन चाहन्छन् ।
अब उनीहरुको रोजगारी यसैगरी चल्ने छ। शनिबार नयाँं बानेश्वर सोलिडारिटीका नाममा सभा चलिरहँदा कांग्रेसको जुलुस सडकको बायाँ तर्फबाट अगाडि बढ्यो। शीर्षक नाम र ब्यानर जे भएपनि दायाँं तर्फ चल्दै गरेको सभा र बायाँ तर्फ अगाडि बढ्दै गएको उद्धेष्य एउटै थियो – केसीको नामबाट सरकारमाथि प्रहार, आखिर उनीहरु थिए तरुण दलका तरुण । त्यसैले तरुण स्वभाव देखाएर प्रहरी माथि जाईलाग्ने, ईटा हान्ने र प्रहरीको ब्यारीकेट फाल्ने काम गरे।
सबैलाई थाहा छ अहिले दुईतिहाई सहितको कम्युनिष्ट सरकार छ । यसले राम्रोसँग काम गर्न पायो भने देश कायपलट हुन्छ। देश कायपलट हुनु भनेको कांग्रेस रसातल भासिनु हो । त्यसैले कांग्रेस आफु जोगिन देशलाई पछाडि धकेल्न चाहन्छ ।
गोविन्द केसी जन्मजात कांग्रेस हुन भन्ने कुरामा कुनै द्धिविधा छैन । उनका कति माग जायज कति नाजायज त्यो बेग्लै बिषय हो । तर उनको अनसनलाई टेकेर कांग्रेस सरकारविरुद्ध उत्रिएको छ । त्यसैले अव केसीका हरेक अनसन र आन्दोलनमा देखिनेछन् चारतारे झण्डा ।