मेच्छेपौवा । रोशी खोलाको तिरमा माझी र तामाङ समुदायको बाहुल्यता रहेको एउटा स्कूल थियो । खोला तिरमै रहेको स्कूल २०६३ सालमा स्थापना भएपनि भौतिक पूर्वाधार भने शून्यनै थियो ।

मेच्छे पौवा गाविसको पूच्छारमा रहेको बस्ती भएकाले टाढाटाढासम्म विद्यालय जानु पर्ने बाँध्यतामा स्थानीय बालबालिका परेपछि खोलिएको थियो बुद्धकिरण आधारभुत विद्यालय । असार ५ गते नेपाली सेनाको धुलिखेलमा रहेको बिष्णु दल का गणपति रामहरि केसीलाई विद्यालय बनाउने प्रस्ताव आयो । मानविय सेवामा कार्य गर्ने भएकाले आफूले तत्कालै काम सुरु गर्ने गणपति केसीले बताए ।

रोटरी क्लब अफ धुलिखेलको आर्थिक सहयोग तथा नेपाली सेनाको बिष्णु दल गणको प्राविधिक सहयोगमा सुरु भयो विद्यालय निर्माणको अभियान । सेनाले दिनरात भनेर अन्ततः काम सुरु गरेको २५ दिनमै तीन कोठाको पक्की विद्यालय भवन निर्माण गरेर समुदायलाई हस्तान्तरण गरिदियो ।

सेनाका लप्टन दीपक चन्दको नेतृत्वमा एक टोली सेना खटिएको थियो । रोटरी क्लव पनि अच्चमित नै बन्यो । काम कहिले सकिएला भनेर सोचेको विद्यालयको भवन एक महिनानै निर्माण भएपछि यसवाट धेरै कुराको अनुभव गर्न सकिने रोटरी क्लवका अशोक श्रेष्ठले बताए । उनले अब केही दिनमै स्वास्थ्य शिविरको आयोजना गाँउमै आएर गरिने बताए । हामीले पहिलो चरणमा विद्यालय भवन बनाएका छौ उनले भने दोस्रो चरणमा स्वास्थ्य शिविर, विद्यालय भवनमा रङरोगन, विद्यालयमा कम्युटर हस्तान्तरणको योजना रहेको श्रेष्ठले बताए ।

रोटरी क्लब अफ धुलिखेलका अध्यक्ष लक्ष्मी खनालले रोटरीले समुदायमा पुगेर जनताका आवश्यकताका अनुसारको काम गरिरहेको बताईन् । उनले आगामी दिनमा समेत यस्तै काम गर्ने बताए । सेनाले मानविय सेवाका कामहरु निरन्तर गर्ने गणपती केसीले बताउँदै आगामी दिनहरुमा समेत सेनाले मानविय सेवाका कार्यहरु निरन्तर गरिने बताए ।

उनले मानविय सेवाका कामहरुको कारणले सेनाको मनोवल उच्च रहँदै आएको बताउँदै काभ्रेका प्रत्येक स्थानीय तहहरुमा फरक फरक खालका तर पृथक काम सेनाले गरेको सुनाए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पवनविरध्वज तामाङको सभापतित्वमा भएको कार्यक्रम संचालन विद्यालयको प्रअ सुविद्या त्रिपाटीले संचालन गरेकी थिईन् ।


तपाईको प्रतिक्रिया