काठमाडौं । यही साउन १५ गते हुने गाउँ पर्यटन प्रर्वद्धन मञ्च (भिटोफ–नेपाल) को साधारणसभाको लागि नयाँ नेत्तृवका आकाँक्षीहरुबीच होडबाजी भएको छ ।

एक दर्जन आकाँक्षीहरुले नयाँ नेतृत्व सम्हाल्न आफ्नो दावी प्रस्तुत गरिसकेका छन् । जसमा नयाँ अध्यक्षका लागि शसक्त दावेदारका रुपमा भिटोफका पूर्व महासचिव एवंम व्यवसायी राजकुमार थापा देखिएका छन् । यस अघि पनि अध्यक्षका लागि उनले आफ्नो दावी प्रस्तुत गरेपनि सर्वसम्मत नेतृत्व चयन गराउने मञ्चको निर्णय अनुसार उनले अन्तिम समयमा उम्मेद्वारी फिर्ता लिएका थिए ।

थापा ए वान एक्सकर्सन टर्स एण्ड ट्राभल्स् र बल्थली ईको हिल रिसोर्टका संचालक समेत हुन् । यसको साथै बिभिन्न संस्थाको बिभिन्न तहमा रहेर काम गरेको अनुभब समेत थापासँग छ । ग्रामिण विकास विषयमा स्नातकोत्तरसम्मको अध्ययन गरेका थापाले ग्रामीण पर्यटनको विषयमा गहिरो अनुभब संघालिसकेका छन् । ग्रामिण पर्यटनमा पनि थापाको दुइ दशक लामो अनुभब छ । त्यहीं अनुभवका आधारमा आफुले अध्यक्ष पदका लागि दावी प्रस्तुतु गरेको थापा बताउँछन् ।

दुइ कार्यकाल भिटोफको कार्यसमितिमा बसेर काम गरिसकेको अनुभब उनीसँग छ । पुर्ब अध्यक्ष चित्र बहादुर गुरुङ्गको नेतृत्वको समयमा उनी महासचिव थिए । उनकै पहलमा देशका बिभिन्न ठाउँमा ओझेलमा परेका गाउँहरुको पहिचान गरी प्रर्बद्धन गर्ने काम भएको थियो । त्यस पछिको कार्यकालमा भिटोफ नेतृत्वले सानातिना काम गरेपनि उल्लेख्य काम गर्न नसकेको आरोप सदस्यहरुबाटै आउने गरेको थियो ।

भिटोफलाई राष्ट्रिय रुपमै सशक्त संस्था स्थापित गराउन आफ्नो पहिलो प्राथमिकता रहने थापा बताउँछन् । नेपालका हरेक गाउँहरु पर्यटकीय दृष्टीले घुम्न लायक छन् र ती सबै ठाउँसम्म पर्यटक पुयाउन पहल गर्ने आफ्नो मुख्य कार्यभार रहने थापा बताउँछन् । भिटोफ नेपाललाई डिजिटल ?पमा लैजाने सोच उनको छ । थापा भन्छन् –आन्तरिक रुपमा मेरो सबै आकांक्षी साथीहरुसंग कुरा भैसकेको छ । तसर्थ अन्तिममा सबै साथीहरुले मलाई नै सहयोग गर्नुहुन्छ र म निर्विरोध रुपमा निवार्चित हुन्छु । पहिलेको सहमति हेर्ने हो भने पनि पालो मेरै हो ।

मञ्चको आगामी नेतृत्वका लागि १ महिला सहित ६ जनाले अध्यक्षमा, ४ जनाले महासचिवमा र एक जनाले कोषाध्यक्षमा आफ्नो दावी प्रस्तुत गरिसकेका छन् । पुर्बमहासचिव राजकुमार थापासहित पुर्ब प्रथम उपाध्यक्ष धुर्ब सिंखडा, वर्तमान प्रथम उपाध्यक्ष राम घले, द्वितिय उपाध्यक्ष दीपक दाहाल, वर्तमान महासचिव बासु पाण्डे र सचिव जस्पा पाण्डेले अध्यक्षमा दावी प्रस्तुत गरेका छन् ।

यस्तै संस्थाका वर्तमान कार्यसमिति सह–कोषाध्यक्ष कृष्ण बहादुर सुबेदी, पुर्ब कार्यवाहक कोषाध्यक्ष दिपक खनाल, पुर्ब सदस्य आश’तोस प्रधान र कार्यसमिति सदस्य केपी सुवेदीले महासचिवमा दावी प्रस्तुत गरेका छन् । महासचिवमा भने तीव्र प्रतिष्पर्धा हुने देखिएपनि सहमतिको प्रयार पनि जारी रहेको बताइएको छ ।

मञ्चका वर्तमान कार्यसमिति सदस्य राजकुमार धमला भने कोषाध्यक्षको एक्ला दावेदार हुन् । भिटोफ नेपालको साधारणसभा साउन १५ गते हुदैछ । जसले आगामी तीन बर्षे कार्यकालका लागि नयाँ नेतृत्व छान्ने छ । भिटोफ नेपालमा अहिले ६९७ जना सदस्य छन् । यसको शाखा हाल पोखरामा मात्र रहेपनि नयाँ नेतृत्वसँगै सबै प्रदेशमा शाखा खोल्ने सोच सँस्थाले लिएको छ ।


तपाईको प्रतिक्रिया