रोशी। कुशेश्वर जीउ भरि ट्याटुनै ट्याटु झट्ट हेर्दा आम युवा भन्दा पृथक खालका युवा काभ्रे,सिन्धुली र रामेछाप जिल्लाको संगमस्थल कुशेश्वरको रोशी खोलाको तिरमा भेटिन्छन् । गोरखा स्थायी घर भएका याफटर राजु लामिछाने असार २८ पछि रोशी खोलामा पृथक खालको काम गरिरहेका छन् ।

असार २८ गते रोशी खोलामा बाढी आएर स्थानीय कष्टले निर्माण गरेको अस्थायी पुल भत्काएपछि स्थानीयहरु रोशी खोला तर्नकै लागि घन्टौ घुमेर आउनु पर्ने नभए जोखिम मोलेर खोला तर्ने बाँध्यता भएपछि तिनै राजु भोटेकोशीमा ¥याफटिङ गर्दै आउँदा कुशेश्वरमा रोकिएपछि निशुल्क सेवा दिईरहेका छन् ।

उनको याफटिङको मूल्य अहिले पनि बजारमा १० लाख रुपैयासम्म पर्छ । तर उनले कसैसँग पैसा माग्दैनन् । कसैले दिएमा स्विकार्छन् । गोरखा पालुङटार स्थायी घर भएका उनी १५ बर्षकै उमेरदेखि यो पेशामा आबद्ध भए ।

त्रिशुली खोलासँग मितेरी साईनो गाँसेका उनी भोटेकोशीमा पहिलो पटक याफटिङ गरेका थिए । उनले आफूले पैसा नलिई सेवा दिएको बताए । तर दैनिक पटक पटक गरेर डोरी तान्ने मान्छे र सामान वारीपारी गर्दा भाईहरुको सहयोग लिने समस्याको कारण नमागी माया गरेर दिएको रकम ग्रहण गरेको उनले बताए ।


तपाईको प्रतिक्रिया