धुलिखेल। धुलिखेल नगरपालिका वडा नं १० शारदाबतासेमा सार्वजनिक सुनुवाई गरिएको छ । वडा कार्यालयले आर्थिक बर्ष २०७४÷०७५ मा गरेको कार्यक्रमहरुको बारेमा वडाले सार्वजनिक सुनुवाई गरेको हो ।

सार्वजनिक सुनुवाईमा धुलिखेल नगरका मेयर अशोक व्याञ्जूले यस्ता कार्यक्रमवाट जनताले प्राप्त गर्न खोजेको सेवा सुविधा राज्यले कसरी संवोधन गरियो भनेर जनताको जीवनस्तर उठाउने र सुरक्षा व्यवस्था मजवुत पार्ने खालको कार्य गर्न आवश्यक रहेको बताए ।
उनले कृषि, पशु स्वास्थ्य, सडक खानेपानीमा नगरले विकासको निम्ति जोड दिएको र यस वडाको बिपी राजमार्गहुँदै शंखु पुग्ने सडक निर्माणका लागि एक करोड रकम विनियोजना गरेको बताए ।

उपमेयर विमला शर्माले वडाले गरेको काम कारवाहीको बिषयमा गरेको सार्वजनिक सुनुवाईले विकास निर्माणमा सहयोग पुग्ने र सह्रायिन भएको बताए । उनले सबै बडाहरुमा सम्मानजनक रुपमा बजेट राखिएको बताउँदै बजेट कार्यान्वयन भए वा भएन भनेर सबै सजक बन्न आवश्यक रहेको बताईन् ।

धुलिखेल नपा ११ वडाध्यक्ष बिष्णु धिताल,१२ का हर्कबहादुर तामाङ, ९ नंम्बरका वडाध्यक्ष वसन्त रानाभाट, ८ नंम्बरका अध्यक्ष निराजन जंगम, ३ नंम्बरका अध्यक्ष बिनोद पराजुली, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतिराम तिमल्सिना लगायतले मन्तव्य राखेका थिए ।

वडा नं १० का अध्यक्ष पुष्पराज राउतको सभापतित्वमा भएको कार्यक्रममा उनले एक बर्षमा बडाले गरेको प्रगती तथा भावी योजनाहरु तथा बजेटहरु सार्वजनिक गरेका थिए । आर्थिक बर्ष ७४÷०७५ मा गरिएको कार्यक्रमहरुको बिषयमा वडा सचिव ईश्वरप्रसाद सापकोटाले प्रस्तुत गरेका थिए । सो अवसरमा वडा कार्यालयले वडामा लामो समय स्वयम्सेविका भएर काम गरेका च्याङ्वारानी तामाङ र फुलकुमारी शाहलाई नगद २६ हजार ६ सय सहित बिदाई गरिएको थियो ।

उपभोक्ता समितिको तर्फवाट बिपी राजमार्ग शारदा बतासे शंखु सडक निर्माण समितिका अध्यक्ष ज्ञानबहादुर थापा र टिकाराम लामिछानेलाई दोसल्ला ओढाएर मेयर÷उपमेयरले सम्मान गरेका थिए । सो अवसरमा बडाका १२ जना सुत्केरी आमाहरुलाई पोषक खानेकुरा वितवरण गरिएको थियो ।

हेर्नुहोस् सम्मान कार्यक्रमको फोटो फिचर :

फोटो : रोजन तामाङ
फोटो : रोजन तामाङ
फोटो : रोजन तामाङ

तपाईको प्रतिक्रिया