बनेपा । जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले बनेपाको चारदोवाटोवाट गोदामचोकमा बस रोक्ने व्यवस्था गरेसँगै बनेपादेखि धनेश्वर पुलसम्मको सवारी पार्किङ हटाउने अभियान थालेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेको सहायक प्रहरी निरिक्षक भिमसेन थापाको नेतृत्वमा बनेपाको चारदोवाटोदेखि धनेश्वर पुलसम्मको पार्किङ तथा फुटपाथ व्यवस्थापनमा लागेको हो । ईलाका प्रहरी कार्यालय बनेपा, बनेपा नगरपालिकाको सहकार्यमा ट्राफिक प्रहरी कार्यालयले फुटपाथ व्यवस्थापन थालेको हो ।

अरनिको राजमार्गमा हुँदै आएको जामको प्रमुख कारण भनेको चारदोवाटोको बसपार्कनै रहेकाले बसपार्क गोदामचोक सारेर त्यसलाई व्यवस्थापनको काम सुरु गरेको प्रहरी सहायक निरिक्षक थापाले बताए ।

यो अभियान दैनिक पटक–पटक गरि संचालन गरिने थापाले बताए । सबैको सहकार्यमा खुल्ला र सुरक्षित बनेपाको सडक बनाउने अभियान अन्तरगत कार्यक्रम सुरु गरेको थापाले बताए ।

हेर्नुहोसु फोटो फिचर : 

भिडियो हेर्नुहोस :


तपाईको प्रतिक्रिया