धुलिखेल । काभ्रेको बनेपा र धुलिखेल आसपासको क्षेत्रमा बाढीले डुवान भएपछि काभ्रेका प्रदेश सांसद लक्ष्मण लम्सालले बाढीवाट पिडित बनेका स्थानीयहरुसँग भेटघाट गरेका छन् ।

आफ्नो निर्वाचन क्षेत्रमा डुवान परेसँगै दिउँसोनै उनले बाढीवाट डुवान भएको क्षेत्रको अनुगमन गरेका हुन् । आफ्नो निर्वाचन क्षेत्रमा डुवान भएको खबर पाउनासाथ त्यसको स्थलगत निरिक्षण गरेका हुन् ।

उनले स्थानीयहरुसँग सरकारले कसरी डुवान रोक्न सकिन्छ भनेर प्रदेश सरकारमा कुरा उठाउने बताएका छन् । उनले डुवानमा परेका स्थानीयहरुलाई राहत तथा डुवान हुने क्षेत्रमा डुवान हुन नदिने पहल आफूले गर्ने बताएका छन् । उनले खड्पु क्षेत्रमा पुगेर जनतासँग साक्षातकार गरेका थिए । हेर्नुस् सांसद लम्सालको बाढी डुवानमा स्थलगत अवलोकन ।

फोटो फिचर : 

 

 


तपाईको प्रतिक्रिया