– विश्वनाथ अधिकारी

धुलिखेल । थाहा छ छन त
तिमीले जति प्रेम अरुले गर्ने सक्दैनन्
मेरो उजाड जिन्दगीमा
अरु कसैले रंग भर्ने सक्दैनन्
तर ढुक्क हौ प्रियसी तिमी
तिम्रो बाटो छेक्ने छैन म
यो अन्तिम पत्र हो तिमीलाई
अब झुक्केर नि लेख्ने छैन म

जाउ तिमी आफ्नो बाटो
म आफ्नो बाटो लागुंला
बरु तिम्रै निम्ति हात जोडेर
इश्वोरसंग खुसी मागुंला
नबिझाउ ति तिखा सब्दले
म अलि कम्जोर छु, सहन सक्दिन
न आऊ मेरो नजिक अब
तिम्रो नभई रहन सक्दिन ।

खुसी दिन्छु भन्थ्यौ भन्न्त
आखाँ भरि आँशु दिएर गयौ
आँशु पिडा अबजस दिई
खुशी हाँसो लिएर गयौ
उपहार भो तिमीलाई खुशी
हाँसो तिम्रो ओठलाई
न आऊ मेरो नजिक अब
आलो बनाउन चोटलाई ।

मर्छु तर तिम्रो सामु पर्दिन
कस्सम, तिमीलाई रुवाउने काम गर्दिन
जाउ तिमी सात समुन्द्र पारी
तर कस्सम म एक पाइलै सार्दिन
हेरम मेरो यो सरिर अब
खरानी कि हाड बन्नेछ
तिम्रो रंगिनेछ सिउँदो अनि
मेरो जिन्दगी उजाड बन्नेछ ।


तपाईको प्रतिक्रिया