बनेपा । प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका गुन्डा नाइके दावा लामाका सहयोगी सत्यमान लामा पक्राउ परेका छन् ।

बिहीबार उनलाई काठमाडौंबाट पक्राउ गरिएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेलले लामा पक्राउ परेको पुष्टि गरे ।

पक्राउ परेका लामालाई लुटपाट, गुण्डागर्दी तथा अवैध डलर कारोबारमा संलग्न भएको आरोपमा परिसरले तीब्र रूपमा खोजी रहेको थियो ।

बुद्धचित्त मालाको तस्करीमा पनि संलग्न सत्मानमाथि गत वर्ष काभ्रेमा किसानको माला लुटपाट गरेको समेत आरोप लागेको थियो । उनी यसअघि रक्तचन्दन तस्करीमा समेत मुछिएका थिए ।

थप अनुसन्धान थालिएको परिसरले जनाएको छ ।


तपाईको प्रतिक्रिया