धुलिखेल । काभ्रेको रोशी गाउँपालिका वडा नं ६ कालिन्चोकबाट प्रहरीले भरुवा बन्दुक सहित एक ब्यक्तिलाई पक्राउ गरिएको छ ।

प्रहरी चौकी कटुन्जेबाट खटिएको प्रहरीले रोशी गाउँपालिका वडा नं ६ कालिन्चोकबाट बर्ष ३८ को लोकेन्द्र तामाङलाई एक थान भरुवा बन्दुक र तरवार सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय काभ्रेका प्रहरी निरिक्षक रबिराज थपलियले बताउनुभयो ।

पक्राउ गरिएको लोकेन्द्र तामाङ र भरुवा बन्दुक, तरवार सहित जिल्ला प्रहरी कार्यलय धुलिखेल ल्यउदै गरेको प्रहरी निरिक्षक रबिराज थपलियले बताउनुभयो ।


तपाईको प्रतिक्रिया