बनेपा । अत्याधिक गतीमा दौडने ट्रिपर, बस तथा ट्रकले हानेर बिजुली पोल ढाल्ने सवारीले क्षतिपुर्ती नतिर्दा विद्युत प्राधिकरणले लाखौं रुपैया बक्यौता उठाउन सकेको छैन ।

काभ्रेमा वैशाकदेखि रामेछाप काठमाण्डौं चल्ने यात्रुबाहक बसले धुलिखेलमा पोललाई ठक्कर दिएदेखि, महेन्द्र निशानले एउटा र टिपरले २ ओटा विद्युत पोलमा ठक्कर दिएर पोलहरु क्षतिग्रस्त बनाएका थिए । सबै पोलहरु फेरेर बनाउन प्राधिकरणको चार लाख ७५ हजार खर्च भएपनि अझै गाडी धनीहरुले सो रकम उपलब्ध नगराउँदा प्राधिकरण समस्यामा परेको छ ।


वैशाकदेखि असारसम्म चारओटा बिजुलीको पोलमा हानेर क्षती पु¥याएको छ । पोलमा ठक्कर दिएपछि कम्तिमा एक दिनसम्म ठूलो क्षेत्रमा बिजुली नबल्ने समस्या मात्रै हैन नेपाल विद्युत प्राधिकरणले ठूलो आर्थिक क्षती समेत व्यहोर्दै आएपनि नेपाल विद्युत प्राधिकरणलाई भने सम्बन्धित ट्रिपर,ट्रक तथा बसले क्षतिपुर्ती दिने गरेका छैनन् ।

काभ्रेको विपी राजमार्ग तथा अरनिको राजमार्गमा दौडने टिपर तथा सवारी साधनहरुले दैनिक रुपमा तार चुडाउने पोल हिर्काउदा समेत प्राधिकरणले त्यसको क्षतिपुर्ती समेत नपाँउदा समस्या निम्तिएको नेपाल विद्युत प्राधिकरण काभ्रे वितरण शाखाका प्रमुख ईञ्जिनियर रविन्द्रकुमार यादवले बताए ।

वैशाकदेखि असारसम्म चारओटा पोलमा गाडीको ठक्करवाट पोल लडेको छ तर कसैले पनि क्षतिपुर्ती उपलब्ध नगराउँदा समस्या निम्तिएको यादवले बताए । उनले पटक–पटक जिल्ला प्रहरी काभ्रे, जिल्ला ट्राफिक प्रहरी काभ्रे र जिल्ला प्रशासन कार्यालयलाइ खबर गरेपनि चासो नदिएपछि करिब पाँच लाख बक्यौता उठाउन नसकेको हो ।


तपाईको प्रतिक्रिया