काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले टिपरलाई उपत्यकाभित्र रातको समयममा मात्र चलाउन निर्देशन दिएका छन। गृहमन्त्रीको निर्देशनसँगै अब उपत्यकामा टिपरहरु निश्चित समयमा मात्र चलाउने व्यवस्था मिलाइने बताइन्छ ।

बुधवार गृहमन्त्री थापाले उपत्यकाभित्रका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई बोलाएर निश्चित समयमा मात्र टिपर चलाउन निर्देशन दिएका हुन्। गृहमन्त्री थापाले साँझ ८ बजेदेखि विहान ५ बजेसम्म मात्र टिपर चलाउने व्यवस्था मिलाउन निर्देशनदिएका हुन् ।

पछिल्लो समयमा उपत्यका भित्र टिपरको ठक्करबाट मृत्यु हुनेको सङख्या बढेसँगै गृहमन्त्रीको यस्तो निर्देशन आएको हो ।


तपाईको प्रतिक्रिया