भकुण्डे । नमोबुद्ध नगरपालिकाले आर्थिक बर्ष २०७५/०७६ को बार्षिक बजेट तथा कार्यक्रम बुधवार सार्वजनिक गरेको छ । कृषि, वातावरण,व्यापार, पर्यटन र उद्योगको विकास: सुन्दर र समृद्ध नगरपालिका बनाउने अभियान मूल नारा दिएर नगरले आफ्नो योजना तथा बजेट सार्वजनिक गरेको हो ।

नगरप्रमुख टंकप्रसाद शर्मा तिमल्सिनाले सार्वजनिक गरेको निती तथा कार्यक्रममा सडक पूर्वाधार निर्माण र स्तरोन्नती, खानेपानीको सेवाको विस्तार, पर्यटन प्रर्बद्धन, वातावरणमैत्री उद्योग, प्रविधीमैत्री विद्यालय निर्माण, संस्थागत क्षमतामा विकास, सु्शासनमा जोड दिएका छन् ।

नगरले गौरवको योजना अनुसार नगर क्षेत्रका ईट्टाभट्टा विस्थापनको लागि किसान कार्यक्रम डिप वोरिङको कार्यक्रम र सहित ६० लाख रकम विनियोजन गरेको छ । त्यस्तै नमोबुद्धको विकासको लागि ५० लाख रुपैया विनियोजन गरेको छ ।


तपाईको प्रतिक्रिया