पनौती । काभ्रेको पनौती नगरपालिकाको तेस्रो नगरसभाले ऐतिहासिक योजनाहरु सार्वजनिक गरेको छ । नगरप्रमुख भीम न्यौपानेले तेस्रो नगरसभामा आफ्नो ऐतिहासिक योजना सार्वजनिक गरेका छन् । स्रोत साधन,सम्पदा र संम्भावनाको हिसावले अथाह संम्भावना बोकेको नगरले तेस्रो नगरसभामा आफ्नो योजनाहरु सार्वजनिक गरेको हो ।

नगर प्रमुख भिम न्यौपानेले नगरसभामा बसपार्क क्षेत्रमा सुधार गर्ने योजना अघि सारेको छ । बसपार्क व्यवस्थित बनाउन नसक्दा नगरको काम राम्रो नभएको गुनासो व्यापक रुपमा आएसँगै गुरुयोजना बनाएर नगरले बसपार्क सुधारको योजना अघि सारेको हो । नगरले जनतासँग आमनेसामने कार्यक्रम बर्षको २ पटक गर्ने भएको छ । नगरले सार्वजनिक क्षमता तथा सुशासन व्यवस्थित गर्नको लागि नगरले प्रभावकारी कार्यक्रम संचालन गर्ने योजना सार्वजनिक गरेको छ ।

प्राकृतिक स्रोत तथा वातावरण, विकास तथा पूर्वाधार, विपद् व्यवस्थापन, साँस्कृतिक सम्पदाको संरक्षण, पर्यटन क्षेत्रको लागि सोसल मिडीया मार्फत पनौतीको प्रचारको योजना अघि सारेको हो । त्यस्तै सामाजिक विकासमा विद्यालयहरुको शैक्षिक तथा भौतिक गुणस्तर विकास, भालेश्वर माविमा प्राविधिक शिक्षा अध्यापनको योजना बुधवार सार्वजनिक गरेको हो । जिल्लाको पनौती नगरपालिकाले रैथाने भैसी जोगाउन भैसीलाई सुत्केरी भत्ताको योजना अघि सारेको छ । बुधवार पनौती नगरपालिकाको तेस्रो नगरसभामा प्रमुख भीम न्यौपानेले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा उनले नगरभित्र रहेका भैसीहरुको आनुवांशीक संरक्षण गरि भैसीपाकल कृषकहरुलाई प्रोत्साहन दिन र उत्पादन योग्य भैसीको संरक्षण गर्नको लागि भैसी सुत्केरी भत्ताको योजना अघि सारेको हो । नगरले कृषि र पशुपालनमा उच्च प्राथमिकतामा राखेर योजना सार्वजनिक गरेको हो ।

काभ्रेमै नमूना योग्य ढंङ्गवाट काम सुरु गरेको नगरपालिकाले पशुपालनमा कृषकहरुको आकर्षण बढाउन घाँसमा आधारित कृषी प्रणालीको विकास गराउन उच्च स्तरिय नर्सरीवाट घाँस उत्पादनको योजना सार्वजनिक गरेको हो । पशु नश्लको सुधार आवश्यक रहेकाले उत्पादन बढाउन नश्लमा सुधारको कार्यक्रम नगर प्रमुख मेयरले सार्वजनिक गरेका छन् । कृषकहरुलाई कृषि कर्म गर्न सहज होस् भन्ने उदेश्ले होर्डिङ बोर्ड, पशु तथा माटो परिक्षणको घुम्ती शिविर संचालनको योजना निती तथा कार्यक्रममै सार्वजनिक गरेको हो ।

नगरमा उद्योगधन्दाको जस्तो महत्व छ कृषकहरुलाई पशुपालन र कृषिकर्मवाट विस्थापन नगराउने किमिसको योजना नगरले सार्वजनिक गरेको प्रमुख मेयरले बताए । उनले भने नगरमा एक बर्षभित्रमा अत्याधुनिक ल्याव सहितको पशु पंछी अस्पतालको स्थापना गर्ने बताएका छन् । पुराना कुलोहरुको संरक्षण गर्र्दै कृषकहरुलाई कृषीमा आकर्षित गर्नको लागि नयाँ कुलोहरुको निर्माणलाई प्राथमिकतामा राखेको बताए । तेस्रो नगरसभाले कृषि तथा पशुपालनसँगै बसपार्क क्षेत्रको सुधार, जनतासँग आमनेसामने कार्यक्रमसँगै पुण्यमाता करिडोरलाई प्राथमिकतामा राखेर काम सुरु गर्ने योजना सार्वजनिक गरेको छ ।

नगरको उपप्रमुख गिता बञ्जाराले बजेट मन्तव्य सार्वजनिक गरेको हो । बञ्जाराले नगरले एक बर्षमा ९२ करोड ३८ लाख १० हजार आय गर्ने बताएको छ । नगरले आन्तरिक आयमा ४१ करोड, नेपाल सरकार र प्रदेश सरकारवाट १४ करोड ४० लाख,सशर्त अनुदान २१ करोड र अरु स्रोतवाट १५ करोड आम्दानी हुने बजेट सार्वजनिक गरेको हो ।


तपाईको प्रतिक्रिया