काठमाडौं । जुलाई १०  देखि  जुलाई १५  सम्म दुबईमा आयोजना हुने  दोस्रो ‘मिस  वर्ल्ड  डाइभर्सिटी  २०१८’ मा नेपालको प्रतिनिधित्व गर्न नेपाल बाट युनिता खत्री जाने भएकी छिन । विभिन्न नेपाली कला संकृति सहित उनी १० जुलाईमा प्रस्थान गर्दै छिन । ५० देशको सुन्दरीहरुको सहभागिता रहने प्रतियोगिताका लागि नेपालबाट उनि एक्ली सहभागी  रहेकी हुन् ।

Image may contain: 1 person, closeup

नेपालका लागि अधिकार प्राप्त संस्था जुम् इन इभेन्टले गरेको अडिसनमा खत्री छानिएकी थिन । दुबई स्थित अरेबियन पार्क होटेल अल जदाफ़ मा हुने उक्त प्रतियोगिताका लागि बिश्वभरबाट प्रतियोगी आउने क्रम जारी रहेको छ । प्रतियोगिताको शीर्ष उपाधि जित्ने उदेश्य सहित आफुले नेपालको प्रतिनिधित्व गर्न लागेको युनिताले बताइन ।


तपाईको प्रतिक्रिया