चितवन । नारायणगढ– मुग्लिन सडकखण्डको ठाउँठाउँमा पहिरो खसेको कारण सडक अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–२९ घुमाउनेमा आज बिहान ५ बजे ठूलो पहिरो खसेको थियो । पहिरो नखसेमा पहिरो पन्छाउन तीनदेखि चार घण्टा लाग्ने प्रहरीले बताए ।

सोही सडकको टोपे खोला र जलवीरेमा पनि पहिरो खसेको छ । सोमबार राति ११ः४० बजे गाईघाटमा खसेको पहिरो आज बिहान १ः३० बजे पन्छाएर एकतर्फी सवारी सञ्चालनमा ल्याइएको थियो । सोमबार दिउँसोदेखि निरन्तर वर्षा भइरहेकाले सो सडकका जुनसुकै ठाउँमा पहिरो खस्न सक्ने भन्दै उच्च सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ ।


तपाईको प्रतिक्रिया