चितवन । चितवन राष्ट्रिय निकुञ्जबाट बिभिन्न देशमा अहिले सम्म २६ गैँडा उपहारस्वरुप पठाइएको छ ।

प्रमुख संरक्षण अधिकृत वेदप्रसाद ढकालका अनुसार अमेरिकामा छ र भारतमा चार तथा बंगलादेश, पाकिस्तान, थाइल्याण्ड, म्यान्मा, जापान, जर्मनी, बेलायत र अष्ट्रियामा दुई दुई गैँडा पठाइएको जनाएको छ ।

तथ्यांकअनुसार पहिलो पटक सन् १९८५ मा भारतको दुधुवामा चार गैँडा पठाइएको थियो । पछिल्लो पटक सन् २००६ मा अष्ट्रियामा एक जोडी गैँडा पठाइएको थियो भने बाह्र वर्षपछि पुनः अहिले दुई जोडी गैँडा चीन पठाउन लागिएको छ ।

यसअघि गैँडा पठाएर भारत, म्यान्मा र थाइल्याण्डबाट हात्ती ल्याइएको थियो । निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत रामप्रीत यादवले गैँडा दिएर भारतबाट मात्र १६ हात्ती ल्याइएको जानकारी दिनुभयो । विभिन्न देशमा सम्बन्ध सुमधुर बनाउनका लागि उपहारस्वरुप जनावर दिइएको उहाँले बताउनुभयो ।


तपाईको प्रतिक्रिया