काठमाडौँ । नेपाल पर्यटन बोर्डको प्रायोजनमा पर्यटन क्षेत्रमा काम गरिरहेका श्रमिक संगठनले पर्यटन व्यवसायमा आबद्ध श्रमिकहरुलाई तालीम दिन शुरु गरेको छ ।

पेशा वा व्यवसाय मात्र नभएर पर्यटन कर्म भनेको साहस, सीप, ज्ञान, व्यवहार र विवेकसँग कसरी जोडिएको छ भन्नेबारे तालिममा प्रष्ट पार्नेछन् । क्वान्टिटी टुरिज्मको प्रसंगले बजार तातेको यो बेला यो कार्यक्रमले क्वालिटी टुरिज्मका लागि जोड दिनेछ कार्यक्रम संयोजक अशोक सिलवालल बताए ।

आधिकारिक पर्यटन श्रमिक संगठन युनिट्राभ, नेपाल पर्यटन श्रमिक संघ र अखिल नेपाल पर्यटन मजदूर संघको संयुक्त आयोजनामा छ दिनसम्म सञ्चालन हुने तीस विषय समावेश गरिएको तालीममा १५० पर्यटन श्रमिक सहभागीता रहने छ ।


तपाईको प्रतिक्रिया