झापा । झापाको मृगौला पीडित समिर तामाङको उपचारको लागि हंङकंङ्ग तामाङ घेदुङ  हंङकंङ्गले सहयोग गरेको छ । झापा घर भइ भक्तपुरमा फलोअप उपचार गराइरहेको १४ बर्षिय समिरलाई उपचारको लागि हंङकंङ्गमा रहेको तामाङ घेदुङ मार्फत सहयोग रकम जुटाएको अभियान्ता सरोज लामाले बताए ।

समिर बचाउ अभियानका लागि हंङकंङ्गबाट रु ४ लाख ५७ हजार ३६० रुपैँया सहयोग रकम संकलन गरेर उहाँहरुले नेपालमा पठाउनुभएकोले हामीले हस्ताणतरण
गरेको लामाले बताए । अभियन्ता हंङकंङ्गमा रहनु भएका उर्लाबारी मोरङकी हंङकंङ्ग तामाङ घेदुङकी कार्यबाहक अध्यक्ष सुष्मा वाईबा, झापाका मिलन तामाङ र
मोरङकै कमला तामाङ लगाएतका अगुवाइमा उक्त रकम संकलन भएको हो उक्त अभियानको सरोज लामाले बताए ।

हंङकंङ्गमा रहनुभएका तामाङ लगाएत अन्य समुदायका सहयोगी मनहरुको साथ र सहयोगमा नै आफुहरुले उक्त रकम संकलन गरि समिरको उपचारमा सहयोगार्थ
पठाउन सफल भएको कार्यक्रमकी अभियन्ता सुष्मा वाईबाले बताए । विदेशमा दुःख गरि कमाएको केहि रकमबाट कसैको जीवन नै बाँच्न सक्छ भने आफुहरु
यस्तो सामाजिक काममा लागेको सुष्मा वाईबाले बताए ।
समिर भाईको जीवन रक्षा हाम्रो सानो सहयोगले हुन् सक्छ भने किन सहयोग नगर्ने भनी आफुहरुले साथीभाईहरु सँग अपिल गरेको मिलन तामाङले बताए ।

बेथानचोक अनलाइन सँग कुरा गर्दै उहाँले आफुहरु अझ पनि दिन दुःखी तथा असाहाय हरुको सेवा गर्न तयार भएको उहाँले बताए । आफुहरुले समिर भाईको उपचारकको लागि सानो सहयोगको हात मात्र बढाउन
सकेको अर्का अभियन्ता कमला तामाङले बताए ।
हंङकंङ्गमा रहेर नेपालमा मृगौला सम्वन्धी रोग संग लडि रहेका समिरको उपचारको लागि उहाँहरुबाट प्राप्त रकम आफुहरुले हस्तान्तरण गर्न सहजकर्ताको भुमिका निर्वाह गरेको काभ्रे मंगलटारको सरोज लामाले बताए ।

काभ्रेको सरोज लामाको हातबाट शुक्रवार भक्तपुरको सुर्यबिनायकमा एक कार्यक्रम बिच समिरको
अभिभावकलाई चेक हस्तान्तरण गरिएको उहाँले बताए । रकम हस्तान्तरण गर्दै लामाले सहयोगी मनहरुमा धन्यवाद दिदै समिरको उपचारको लागि केहि मात्रमा सहयोग भएको थप उपचारको लागि सबैलाई सहयोगगर्नको लागि अनुरोध समेत गर्नु भयो ।


तपाईको प्रतिक्रिया