सत्यको गाडीमा किन चढे सिडिओ ?

धुलिखेल । बुद्धचित्तको फल टिप्ने समय असारदेखि साउनको पहिलो हप्तासम्म हो । काभ्रेका १ अर्बको बुद्धचित्तको कारोवार हुने गर्दछ । काभ्रेपलाञ्चोक जिल्लामा अहिले बोधिचित्त माला (बुद्धचित्त) को कारोबारले काभ्रेलाई तताएको छ । पोहोरसालसम्म सिडिओ र एसपीको नाम समेत थाहा नपाउने बुद्धचित्तको मुख्य कारोवारी सत्यमान लामा पक्षमा माला पारिदिन प्रहरी प्रशासन किन मरिमेटेर लागेका छन् त्यो अनुशन्धानको बिषय बनेको छ । आफूलाई नेकपाको नेता सम्झने सत्यमान लामा युवा संघ काभ्रे काठमाण्डौं ठूलोफर्सेल सम्पर्क मंञ्चका अध्यक्ष हुन् । राजनतिक आँडमा बुद्धचित्तको कारोवारमा संम्लग्न सत्यको पक्षमा बोल्नको लागि काभ्रेका सिडिओ केही दिन अघि नमोबुद्ध नपाको बुच्चाकोटदेखि धुलिखेलसम्म एउटै गाडीमा सवार गरेपछि उनले पाँउदै नपाउने अवस्थाको बुद्धचित्तको माला समेत सत्यले हत्याउन सफल भएका छन् । किन आफ्नो गाडी छोडेर सत्यको गाडीमा बुच्चाकोटदेखि धुलिखेलसम्म सिडिओ आए त्यो अनुशन्धानको बिषय बनेको छ ।

काभ्रेको तेमाल र रोशी भेगमा पाइने बुद्धचित्तको मालालाई बौद्ध धर्मावलम्बीहरुले विशेष महत्वका साथ लिने गरेका छन् ।  साउन महिना बुद्धचित्तको फल टिप्ने र बेद्धविखन गर्ने समय भएकाले यसमा सबै व्यापारीको ध्यान केन्द्रिकित हुने गरेको छ । बुद्धचित्तको सानो साइज ८,९,१० एमएमको बहुमुल्य हुने र यस क्षेत्रमा उत्पादित सबै बुद्धचित्तमालाको बजार चीन नै हो । काभ्रेमा अहिले चाइनिज व्यापारीहरु समेत उक्त मालालाई किन्नको निम्ती सदरमुकाम आइरहेका छन् ।

                                                                                                         सिडिओलाई गाडी चढाउने सत्यमान लामा

बुद्धचित्तको कारोवार हुने तेमाल, नमोबुद्ध र रोशी गाँउपालिकामा प्रहरीचौकीहरुमा साविकभन्दा तीन दर्जन धेरै प्रहरी बुद्धचित्तको कारोवार हुने क्षेत्रमा परिचालित छन् । ती प्रहरीहरु बुद्धचित्तमालाको सुरक्षा भन्दापनि सेटिङ मिलाउने कार्यमा क्रियाशील रहेका छन् । व्यक्तिगत लेनदेन तथा अन्य कारोबारलाई समेत स्थानीय प्रशासनले हेर्न नमिल्ने भन्दै अदालत र अन्य निकायमा जान सुझाव दिने स्थानीय प्रशासन अहिले बुद्धचित्त माला टिपेर व्यापारीको माला प्रशोधन गर्ने ठाउँसम्म पुयाउन थालेका छन् ।
काभ्रेमा सबैभन्दा उच्च स्तरको माला फल्ने ठाउँ रोशी गाउँपालिका–३, फोइ हो । फोइको मालाका लागि हरेक वर्ष बुद्धचित्तको कारोबार गर्ने व्यापारीहरु लालायित हुने गर्दछन् । बजारमा फोईमा रहेको स्थानीय आईतेसिंह थिङको स्वामित्वमा रहेको बुद्धचित्तमाला प्रहरीको रोहवरमा टिपेर ल्याइएको थियो । वन प्रजातिको भएकाले बुद्धचित्तमाला टिप्नु अघि जिल्ला वन कार्यालयसँग छुट पूर्जी लिनुपर्छ । तर छुटपूर्जी बिना नै बुद्धचित्तमाला टिपेर जिल्ला प्रहरी कार्यालय, काभ्रेमा राखिएको थियो । प्रहरीकै संलग्नतामा असार १४ मा टिपिएको बुद्धचित्त फल टिप्न जिल्ला वन कार्यालयसँग अनुमती नलिइएको सहायक वन अधिकृत न्हुच्छे कृष्ण श्रेष्ठले जानकारी दिएका छन् ।

बुद्धचित्तको फल जोगाउनका लागि फलधनी थिङले जडान गरेको सिसि क्यामेरा समेत प्रहरीको अगाडि तोडिएर प्रहरीले सो फल टिपेर ल्याएको थियो । सो बुद्धचित्तको फल कसले पाउने भन्नेमा विवाद थियो । ठूलोपर्सेलका सानुबाबु तामाङले वार्षिक १८ लाखको दरले ५ वर्षको ९० लाख दिनेगरी ४० लाख रुपैंया जग्गा धनी थिङसँग पहिलो करारनामा गरेका थिए । तर जग्गाधनी थिङले पुनः ङेमा लामासँग १ करोड १० लाखमा करारनामा गरेपछि विवाद सृजना भएको थियो । विवादविच प्रहरी आफैले त्रिपक्षिय सहमती बिनानै असार १४ गते बुद्धचित्त टिपेर ल्याएर जिल्ला प्रहरी कार्यालयमा राखेको थियो ।

जिल्ला प्रहरी कार्यालयमा असार १४ गतेदेखि बुद्धचित्तको फल कसलाई र कसरी दिने भन्ने खेलेमेलो सुरु भयो । जिल्ला प्रशासनकै कर्मचारीको सेटिङमा १४ गते प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत धुलिखेलवाट अन्दाजी साँझ ८ः३० बजे भकुण्डेतर्फ आफ्नो सवारी साधनमार्फत लागेका थिए । बिपी राजमार्गको बुच्चाकोट भन्ने स्थान माला व्यवसायी सत्यमान लामाको गाडी भेटिएपछि उनी आफ्नो सवारी साधन र सुरक्षा गार्ड समेत छोडि व्यवसायीकै गाडीमा धुलिखेल फर्किए । त्यही गाडीमा भएको संवाद र सेटिङकै आधारमा असार १७ गते राती उक्त माला प्रशासनले ङेमा समुहलाई बुझाएको थियो । त्यही गाडीमा कसरी र कुन आधारमा ङेमालाई माला पठाउने भन्ने रणनिती बनेको थियो । जुन कुराको पुष्टि वनलाई बुझाउनु पर्ने राजस्व विनानै र छुट पुर्जी नभएको बुद्धचित्तको फललाई प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख र सरकारी अधिकारीको उपस्थितीमा ङेमा समुहलाई बुझाएको हो ।

आजको खबर चौतारी साप्ताहिमा प्रकाशित छ ।