काभ्रेपलान्चोक । नालामा रहेको भगवती मन्दिरमा केहि समय पहिला मुर्तीहरु चोरी भएपछि स्थानिय, नाला समाजको अगुवाइमा शनिबार मन्दिर परिसरको निगरानीको लागि ६ ओटा सिसि क्यमार ६ थान सोलबत्तलीको जडान गरिएको छ । सिसिटिभि र सोलर बत्तीको समुदघाटन पूर्व प्रधानमन्त्री माधबकुमार नेपालको प्रमुख आथित्यमा भएको नाला समाजको अध्यक्ष चन्द्रलाल श्रेष्ठले बताए ।

नाला समाज र नेपाल राष्ट्र बैङ्कको समन्वयमा एनआईसी एशिया बैङ्कले आर्थिक सहयोगमा त्यहाँका भगवती मन्दीरमा ८ लाख बराबरको सिसिटिभि र बत्ती हस्तारण गरिएको नाला समाजका अध्यक्ष चन्द्रलाल श्रेष्ठले बताए । हामी नालाबाट काठमण्डौ आएर बिभिन्न पेशा ब्यवासय गरेर बसेको सबै साथीहरु मिलेर नालाको बिभिन्न बिकासको लागि लागेको अध्यक्ष चन्द्रलाल श्रेष्ठले बताए । केहि महिन अघिमात्र नालामा रहेको चण्डेश्वारी उच्च माविको लागि बिभिन्न बैङहरु संग सहकार्य गरेर १५ थान कमप्युटर बितरण गरिसकेको उहाँले बताए ।

नालामा लाग्ने पुरानो जात्रहरुमा पनि बिभिन्न सहयोग गरिदैआएको श्रेष्ठले बताए । हामीले नालाको पुरानो पहिचान भएका मठ मन्दीरहरु जोगाउन र आगमि दिनहरुमा मन्दीर आसपास सुरक्षीत महसुस गर्नको लागि यो खालको सामाजिक कार्य गरेको समाजको अध्यक्ष चन्द्रलाल श्रेष्ठले बताए । पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको प्रमुख आथ्त्यिमा भएको उक्त कार्यक्रममा उक्त कार्यक्रममा संचार मन्त्री गोकुल बास्कोटा, प्रतिनिधि सभा सदस्य शशि श्रेष्ठ, नेपाल राष्ट्र बैङ्कका डेपुटि गभर्नर शिवराज श्रेष्ठ, बनेपा नगरपालिका प्रमुख लक्ष्मी नरसी बादे लगायतले नालाको बिषयमा बोलेको थियो ।


तपाईको प्रतिक्रिया