(सुरज श्रेष्ठ) काभ्रेपलान्चोक । धुलिखेल वडा नम्बर ११ पात्लेखेत डाडागाउँमा पात्लेखेत होमेस्टे द्दारा आयोजित रोपाइँ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा धुलिखेल नगरपालिकाका मेयर अशोक व्यञ्जुले खेतमा बाउसे गर्दै रोपाई कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

कृषि उत्पादन प्रभावकारी बनाउन र कृषकहरुलाई कृषिमा आकर्षण गर्न सबै गाउँबासीहरु एकजुट भई रोपाई कार्यक्रम गरिएको वडा अध्यक्ष विष्णुले जानकारी दिए । परम्परागत रुपमा गाईने असारे भाका सहित रोपाई सुरु हुँदा वरीपरीका गाउँले समेत झुमेका थिए । कार्यक्रममा धुलिखेल नगरपालिकाका मेयर अशोक ब्यान्जु, धुलिखेल ११ का वडा अध्यक्ष बिष्णु धिताल, वडा सचिब शुवर्ण दास श्रेष्ठ, पुर्ब गाबिस अध्यक्ष एबम पात्लेखेत होमस्टेका अध्यक्ष केशब बडाल, होमस्टे परिवार लगायत स्थानीय बासिन्दाहरुको सहभागिता रहेको थियो भने ताइवानबाट नेपाल भ्रमण आएका पर्यटकहरुले समेत धान रोप्दै कार्यक्रममा उत्साह थपेका थिए ।


तपाईको प्रतिक्रिया