काठमाडौं । तीजको नयाँ कोसेली स्वरुप “भाग्यमानी छोरी” स्वरकी धनी चन्द्रा मरासिनीको बजारमा आएको छ । आफ्नै शब्द र आवाजमा जुनाले आफुलाई भाग्यमानी छोरी तथा बुहारीको रुपमा प्रस्तु्त गरेकी छन् । गीतलाई गायक जिज्ञासु पौडेल (तिलक) ले लय दिएका छन् ।

म्युजिक भिडियोलाइ हाईलाईट्स नेपालले बजारमा ल्याएको हो ।  गीतमा राजु सापकोटा, निरु खड्का, गीता थापा, रुपा गौतम र दिवाकर भण्डारीको अभिनय रहेको छ । त्यस्तै बाल कलाकार सम्राट गौतम र स्तुती गौतमको अभिनयले गीतमा सुनमा सुगन्ध थपेको छ । गीतको निर्देशन निरु खड्काले र एरेन्ज कमल सौरागले गरेका हुन् ।

दर्शक श्रोताहरुलाइ नयाँ नयाँ कोसेली पस्किँदै आएकी लोक गायिका जुनाको पहिलो एल्बम “जोडी मैना” हो  आजसम्म दर्जनौं गीतमा आफ्नो आवाज दिएकी यी गायिकाको नयाँ कोसेली “भाग्यमानी छोरी” को उच्च सफलताको लागी बेथानचोक खबर डट कम परिवारबाट शुभकामना ।

भिडियो हेर्नुहोस :

 


तपाईको प्रतिक्रिया