काभ्रेपलान्चोक । विदेशकी पहिलो रोजाईमा पर्ने काभ्रेको नमोबुद्ध नपा १ मथुरापाटीमा रहेको फुलवारी रिर्साेटले बर्षाैदेखि चोरीको बिजुली प्रयोग गरिरहेको पाईएको छ । दैनिक सयौं स्वदेशी तथा विदेशी पर्यटक आउने रिर्साेटमा चोरीको विजुली प्रयोग भएको पाइएपछि नेपाल विद्युत प्राधिकरण काभ्रेले कारवाही प्रकृया अघि बढाएको छ ।

स्थानीय बासिन्दाहरुका अनुसार दिक्षित घरानाका कनकमणी दिक्षितले सो होटल ६ महिनाअघि खरिद गरेर होटलको पुनः निर्माण गरिरहेको छन् । पुनः निर्माणको कारण पर्यटक भने रिर्सोटमा थिएनन् । रिर्साेटको डेकोरेसनका लागि आवश्यक पर्ने काठको चिरानी समेत चोरीकै बिजुलीवाट भैरहेको अवस्थामा नेपाल विद्युत प्राधिकरण काभ्रेले फेला पारेको छ । नेपाल विद्युत प्राधिकरण काभ्रेका प्रमुख ईञ्जिनियर रविन्द्रकुमार यादवले अर्गानिक हिमालय प्रालीले संचालन गरेको फुलवारी रिर्साेटवाट चोरीको बिजुलीकै प्रयोग गरेर काठको चिरानीदेखि होटलका अत्यावश्यक कामहरु गरिरहेको अवस्थामा फेला पारेको बताए । उनले स्थानीयहरुले सो होटल कनकमणी दिक्षितले केही महिना अघि खरिद गरेर डोकोरेशनको काम गरिरहेको बताए ।

साना ग्राहकलाई मात्रै समातेर विद्युत प्राधिकरणले ठूला ग्राहकहरुलाई छोड्ने गरेको आरोप लगाएको समयमा प्राधिकरणले आईतवार साँझ ठूला घरानाको रिर्साेटमै चोरीएको विजुलीको बर्र्षाैदेखि प्रयोग भएको पाईएको हो ।

रिर्सोटले २०६४ सालमा नेपाल विद्युत प्राधिकरणवाट मिटर जडान गरेपनि हालसम्म १२ हजार युनिट मात्रै बिजुली खपत भएकाले यो बर्षाैदेखि चोरीको बिजुली रिर्साेटमा प्रयोग भैरहेको पाईएको यादवले बताए । १२ हजार युनिट सामान्य जनताको घरमा प्रयोग हुन्छ यो केही महिनाको मात्रै भएकाले रिर्साेटले ठूलै चोरी गरेको यादवले बताए ।

यो ठूलो चोरी हो यादवले भने यो चोरीको बिजुलीवाट सिंगो एउटा वडामा विजुली बाल्न पुग्छ प्रमुख यादवले सुनाए । एउटा सिंगो वडाले प्रयोग गर्ने जति बिजुली एउटै रिर्साेटले चोरिरहेको रहेछ आज रिर्साेटको सुरक्षा गार्डलाई नियन्त्रणमा लिएका छौ, प्रमुख यादवले भने । काभ्रेमा केही महिनादेखि चुहावट रोक्न प्राधिकरण बिहान,दिउँसो र साँझ फरकफरक समयमा प्रहरी सहितको घुम्ती टोलीवाट निगरानी बढाईरहेको छ । काभ्रेमा एक महिनामा चोरी नियन्त्रणको क्रममा एक करोडभन्दा धेरै राजस्व संकलन गरेको छ ।


तपाईको प्रतिक्रिया