मथुरापाटी । के राम्रो के नराम्रो थाहा हुँदैनथ्यो नमोबुद्ध नगरपालिका–१ र २ का किशोरीहरुलाई । स्कूल जाने घाँस दाउरा गर्ने गट्टा र चुंिङ्ग खेलेर रमाउने किशोरीहरु अब आफ्नो भविष्य कस्तो बनाउने भनेर बहस गर्न सक्ने भएका छन् । उनीहरु साटिसाटी जीवनमा हौसला मिल्ने किताब पढ्ने गर्दछन् । त्यो किताबको व्यवस्थापन भने फोएप नेपालले उपलब्ध गराउँदै आएको छ । किशोरीहरुलाई समयमै राम्रो शिक्षा दिन सकेमा असल मान्छे बन्ने बुझेर फोएप नेपालले विगत दुई बर्षदेखि १३ बर्षदेखि २१ बर्षसम्मका किशोरीहरुका लागि जीवनपयोगी शिक्षाको सुरुवात गरेको हो ।

किशोरीहरुलाई शसक्तिकरण गर्ने उदेश्यले फोएप नेपालले फरक किसिमले किशोरीहरुको जीविकोपार्जनमा सहयोग पुग्ने काम समेत सुरु गरेको छ । किशोरीहरुलाई शिक्षा र सजकता बढाउने उदेश्यले फोएप नेपालले संचालन गरेको एकीकृत सामुदायिक विकास कार्यक्रममा आबद्ध किशोरीहरु किताव पढ्ने मात्रै हैन आफ्नो जीवनमा भोगेका समस्याहरु नाटक मार्फत प्रस्तुत गर्ने गर्दछन् भने नृत्य प्रतियोगिताको आयोजना गरेर आफ्नो प्रतिभाको पस्फूटन समेत गर्ने गरेका छन् । त्यसको सहजीकरण पुरस्कृत र उनीहरुलाई हौसला प्रदान गर्ने कार्य भने फोएपले निरन्तर गरिरहेको छ । उहाँहरुकै मागको आधारमा फोएपले हौसला बढाउने गरेको छ ।
शनिवार नमोबुद्ध नगरपालिका वडा नं २ फुलवारीका किशोरीहरुले नाटक तथा नृत्य प्रतियोगिता आयोजना भएको हो । फुलवारीका १० ओटा समुहमा आबद्ध रहेका किशोरीहरुले बालबिबाह, यौन समस्या समाधानको उपाय, किशोरीहरुमा केही गरौ भन्ने भावना, किशोरीहरुमा उमेर बढेसँगै आउने शारिरीक र मानशिक परिर्वतनको बिषयहरु समावेश गरिएको थियो ।

नाटकको संयोजक एकीकृत सामुदायिक विकास कार्यक्रमको अधिकृत हरिकुमार मैनालीले गरेका थिए । समाजमा अझैपनि किशोरीहरुमा उमेर बढेसँगै हुने परिर्वतनले उनीहरुमा ठूलो मानसिक असर पर्ने देखिएकाले नाटक मार्फत उनीहरुमा सृजनात्मक कामहरुमा अग्रसर बनाउन कार्यक्रम आयोजना गरिएको अधिकृत मैनालीले बताए ।  किशोरी समुहमा आबद्ध भएपछि आफूहरुमा रचनात्मक कुराहरुको विकास गराएको मथुरापाटी किशोरी क्लवकी प्रमुख(मेन्टर) संगिता भुजेलले सुनाईन् । हामी किशोरी समुहमा आबद्ध हुनुभन्दा अघि फेसबुक चलाएर मात्रै बस्ने गरेका हुन्थ्यौ, हैन भने टेलिभिजन हेथ्र्यौ तर आफ्ना बिषयमा अहिले आफै छलफल चलाउने सचेतना कार्यक्रम संचालन गर्न सक्ने भएका छौ मेन्टर भुजेलले भनिन् । हामीलाई अनुशासनमा कसरी बस्ने आफ्नो करियर कसरी बनाउने, यौन शिक्षाका बिषयमा फोएप नेपालले सजग बनाउने काम गरेको छ त्यसका लागि उहाँहरुले वितरण गरेको पुस्तकवाट हामीले ज्ञान पाएका छौ भने खेलकुद सामाग्रीको प्रयोग गरेर शारिरीक रुपमा विकास गराउने काम गरेको भुजेलले सुनाईन् ।

‘हामी नाटक मात्रै आयोजना गर्दैनौ उहाँहरुको परिवारको जिविकोपार्जनका लागि छिट्टै किशोरीहरुको परिवारलाई बाख्रा वितरण गर्देछौ’फोएप नेपालका कार्यकारी निर्देशक कृष्णचन्द्र आचार्यले बताए । हामीले किशोरीहरुको एकतर्फी विकासमात्रै नभएर उहाँहरुको विद्यालय, समाज र साथीभाईहरु बिच हुने कृयाकलाप हेरेर उहाँहरुलाई कसरी जिवन चलाउन सक्ने शिक्षा दिन सक्छौ भनेर शिक्षा दिईरहेका छौ आचार्यले सुनाए । फोएप नेपालको कार्यक्रममा नमोबुद्ध नपा १, २ र ११ नंम्बर बडाका अधिकाशं किशोरीहरुले रचनात्मक कार्यहरु गरिरहेका छन् ।


तपाईको प्रतिक्रिया