बेथानचोक । नेपाली सेनाको संयोजकत्वमा बेथानचोकमा १ दिने निःशुल्क घुम्ती स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

बेथानचोक ५ मा रहेको आत्मविकास मा.विको प्राङ्गणमा नेपाली सेना नं  २६ बाहिनी अड्डाको संयोजकत्वमा विष्णुदल गण र २६ नं  फि.ए.गुल्मले आयोजना गरेको थियो । कार्यक्रममा सर्वरोग निवारण,जिल्लाजनस्वाथ्य कार्यालय धुलिखेल,बेथानचोक गाउँपालिका,रेयुकाई आँखा अस्पतालको सहयोग रहेको थियो । शिविरबाट १८
जना मोतियाविन्दुका रोगीहरुलाई निशुल्क अपरेसनका लागि रेयुकाई आँखा अस्पताल रेफर गरिएको थियो । उनीहरुको अपरेसनमा लाग्ने खर्चको ५० प्रतिशत आँखा अस्पतालले तथा ५० प्रतिशत बेथानचोक गाउँपालिकाले
व्यर्होने गाउँपलिका अध्यक्ष प्रेम बहादुर तिमल्सिनाले बताए ।

शिविरमा आँखा,रगत परीक्षण फिजियोथेरापी,जनरल फिजिसियन लगायतको सुविधा प्रदान गरिएको थियो । शिविरबाट बेथानचोक गाउँपालिका वडा नं ३,५र ६ नं वडा का ३५० जनाले सेवा लिएका नेपाली सेनाका विनोद पाठकले जानकारी दिए । शिवरको उद्घाटन प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर राउतले गरेका थिए । उद्घाटन कार्यक्रममा प्रहरी उपरिक्षक रविराज खड्का, विष्णुदल गणका गणपति रामहरि के.सी,गाउँपलिका अध्यक्ष प्रेम बहादुर तिमल्सिना, बेथानचोक ५ का वडा अध्यक्ष खजाञ्ची लामा लगायतको उपस्थिति रहेको थियो
। शिविर कार्यक्रममा बेथानचोक ५ मा रहेको आत्मविकास मा.वि लाई नेपाली सेनाले खेलकुदका सामग्रीहरु हस्तान्तरण गरेको थियो ।


तपाईको प्रतिक्रिया