बेथानचोक । बेथानचोक वडा नं २ र ३ मा रहेका विद्यालय बालबालिकाहरुका लागि पानीबाट पर्न सक्ने जोखिम न्यूनिकरण सम्बन्धि तालिम सम्पन्न भएको छ ।

३ दिन सम्म संचालन भएको तालिममा ४ ओटा विद्यालयका ४३ जना विद्यार्थी सहभागि रहेका थिए । तालिममा हेल्थ प्रमोटर अफिसर सम्बृद्धि गुरुङ,
इन्जिनियर हिमाल ओली ,कार्यक्रम संयोजक खगन्द्र कुमार साउद लगायतले प्रशिक्षण दिएका थिए । तालिम कार्यक्रमको आयोजना आर्सो नेपालले गरेको थियो ।
विहीवार तालिमकार्यक्रमको समापन भएको थियो ।

समापन कार्यक्रममा बेथानचोक गाउँपालिका प्रमुख प्रेम बहादुर तिमल्सना, वडा अध्यक्षहरु दिल बहादुर श्रेष्ठ,भगवान घिमिरे,खजाञ्ची लामा आर्सो नेपालका कार्यकारी निर्देशक पद्म दुलाल गैर सरकारी संस्था महासंघका टोम सापकोटा, स्थानीय खानेपानी उपभोक्ता समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा तालिमका सहभागि विद्यार्थीहरुले संचालित खानेपानी आयोजना तथा जोखिमका विषयमा प्रस्तुतीकरण गरेको थिए ।नेपालले बेथानचोक गाउँपालिका भित्र ७ ओटा साना खानेपानी आयोजना
निर्माण तथा सुधार गरेको छ । ती आयोजनाबाट स्थानीय विद्यालय तथा समुदाय लाभान्वित बनेका छन् । आयोजना संचालनमा फिनल्याण्ड राजदुतावास तथा नेपालको आर्थिक सहयोग तथा आर्सो नेपालको प्राविधिक सहयोग
रहेको थियो ।


तपाईको प्रतिक्रिया