(अमृत ओझा) काठमाडौ / प्रत्येक साताको सनिबार टि.भि टुडेबाट प्रसारण भईरहेको हास्य टेलीशृंखला हालत खराब अब भने NTV plus बाट आउने भएको छ । छोटो समयमा नै दर्शकहरुले धेरै रुचाउनु भएकोले दर्शकहरुको मायालाइ मध्यनजर गर्दै टेलिश्रृङखला हालत खराब नेपाल टेलिभिजन प्लसबाट आउन लागेको हो । यसै साता देखि आउने भनिएको उक्त टेलिश्रृङखला अहिले रुसियामा चलिरहेको ओल्डकपको माहोल भएकोले प्रशारण गर्न नसकिएको टेलिश्रृङखला हालत खराबका निर्देशक रामचन्द्र बोहराले बताए । “अहिले ओल्डकपको कारणमा सेरियल हेर्ने दर्शक को संख्या ज्यादै कम भएकोले हामिले यो निर्णय गरेका हौ ,”बोहराले भने ।

नेपाल टेलिभिजनमा प्रशारण भएपछि नेपालको चर्चित युबट्युब च्यानल रामशार मिडियाबाट यो श्रावण महिनाको पहिलो हप्ता बाटै प्रशारण हुने पक्का भएकाले केही समय टिभी टुडेमा सेरियल भने आउने छैन लेखक सरोज घिमिरेले बताए । सामाजमा भएका बिकृति तथा बिसगतिलाइ प्राथमिकता दिदै निमार्ण गरिएको हास्य टेलिश्रृङखला हालत खराब छोटो समयमा नै सबैको रोजाइमा पर्न सफल भएको छ । हास्य टेलीशृंखला हालत खराबले दिनानु दिन दर्सकहरुको मन जितिरहेकोले आफूलाई कलाकारिता क्षेत्रमा काम गर्न मन लागेको उक्त सिरियलका कलाकार पवन खतिवडा बताउछन ।
हाम्रै समाजमा रहेका बिभिन्न बिकृती बिसङ्गति माथी कडा ब्यङ्ग प्रहार गर्दै समाजमा जनचेतना पुर्याउने र समाज रुपान्तरणको उदेश्य लिएर निर्माण गरिएको यस सिरियलका निर्देशक रामचन्द्र बोहराले बेथानचोक डट कमलाइ जानकारी दिएकका छन ।

हाम्रो समाजमा धेरै नै बिकृती फैलिदै गएकोले समाजमा केही मात्रामा भए पनि मानिसहरुमा चेतना पुगोस भनेर नै यो सिरियल निर्माण गरिएको टेलिसिरियलका लेखक सरोज घिमिरे बताउछन । उनि भन्छन,” यो हास्य शृंखलाले समाजमा रहेका जातिय बर्गिय तथा लैङ्गिक बिभेद्का समस्यालाई मनोरञ्जनको साथै कलात्मक रुपमा व्यंग्य गरेको छ ” । उक्त सिरियलमा चुनिरामको नामले चिनिने पवन खतिवडाको अभिनयले दर्शहरुको मन जितेको छ । पहिलो कुरो त तिम्रो अनुहार नै चित्तबुझेको छैन भन्ने थेगोलाई सबैले मन पराएका छन । चुनिराम फटाहा र सबैसङ्ग ठिक्क हुने गाउमा बिकृती भित्राउने खालको अभिनय गरेका छन । ह्वाइट मिडिया प्रा.लि.को निर्माण रामचन्द्र बोहराको निर्देशन , निरक शाहिको सह- निर्देशन तथा सरोज घिमिरेको लेखन रहेको हास्य टेलीसृङ्खला हालत खराबमा रामचन्द्र बोहरा,सरोज घिमिरे,निरक साही,निसा राई,पवन खतिवडा,सन्तोष भुजेल , सन्तोष परियार , सन्तुन घिमिरे , अभिनाश केसि, राज तामाङ लगायतले अभिनय गरेका छन ।

भिडियो हेर्नुहोस : 


तपाईको प्रतिक्रिया