बेथानचोक ।  स्थानीय तहमा निर्वाचित जन प्रतिनिधितथा कर्मचारीलाई अधिकार,ऐन नियम, विकास निर्माण सम्बन्धी जानकारी दिने उद्देश्यले ३ दिने तालिम सम्पन्न भएको छ । आइतबार उक्त कार्यक्रमको समापन भएको थियो ।

जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको आयोजनामा तालिम संचालन भएको हो । तालिममा स्थानीय तहका जनप्रतिनिधिको काम कर्तव्य अधिकार,खरिद व्यवस्थापन,सूचना संचार प्रविधिको प्रयोग,स्थानीय सरकार संचालन ऐन,सुशासन सदाचार,लगायतका विषयमा तालिम संचालन भएको थियो । गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, सबै वडाका वडा अध्यक्ष, समावेशी सदस्यकर्मचारीहरु गरी कुल ४२ जना सहभागी रहेको तालिमको जिल्ला समन्वय अधिकारी कोमल प्रसाद धमला, मानव अधिकारकर्मी भोजराज तिमल्सिना, प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर राउतले प्रशिक्षण दिएका थिए।

यस अघि जिल्लाका खानीखोला, महाभारत, चौंरी देउराली,भूम्लु,तेमाल लगायतका गाउँपालिकामा तालिम संचालन भइसकेको आयोजकले जनाएको छ ।


तपाईको प्रतिक्रिया