(सुरज श्रेष्ठ) काभ्रेपलाञ्चोक । फौजदारी न्याय प्रणालीप्रति जनविश्वाश र कानुनी राज्यको अभिवृद्दीका लागी समुदाय र सरकारी वकिल संवाद र न्यायमा बाह्य पहुच कार्यक्रम काभ्रेपलान्चोक जिल्लाको तेमाल गाउपालिका स्थित पोखरिनारायणस्थानमा जिल्ला सरकारी वकील कार्यालय काभ्रे र काभ्रेपलान्चोक जिल्ला अदालत धुलिखेलको संयुक्त आयोजनामा सम्पन्न भएको छ ।

प्रमुख जिल्ला अधिकारी श्री कृष्णवहादुर राउत ज्युको प्रमुख आतित्थ्यतामा सम्पन्न उक्त कार्यक्रममा माननिय जिल्ला न्यायाधिश श्री अर्जुन अधिकारी, श्री सुर्यनाथ प्रकाश अधिकारी, जिल्ला न्यायाधिवक्ता श्री तिलक बहादुर कार्की, सहायक जिल्ला न्यायाधिवक्ता श्री राजन हमाल, काभ्रेपलान्चोक जिल्ला अदालतका श्रेष्तेदार श्री कृष्ण प्रसाद अधिकारि, काभ्रेपलान्चोक वार एकाई समितिका सचिव देव कुमार मोक्तान, तेमाल गाउपालिकाका अध्यक्ष श्री सलाम सिं तामाङ, उपाध्यक्ष श्री दुर्गामाया तामाङ, प्रमुख प्रशासकिय अधिकृत श्री शर्मिला लामिछाने वडाध्यक्षज्यु हरु वडासदस्य ज्युहरु, कानुन व्यवसायी श्री मधुसुदन वाग्ले, सामुदायिक मेलमिलापकर्ताहरु, शिक्षक, विद्यार्थी र अन्य सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।

स्थानिय तहलाई चुस्त र दुरुस्त वनाउनमा स्थानिय सरकारले नै महत्वपुर्ण भुमिका खेल्नुपर्ने र त्यसको लागि स्थानिय तहलाई नै अधिकार प्राप्त भएको वारेमा प्रमुख जिल्ला अधिकारी ज्यु ले जानकारि गराउनु भएको थियो ।‌न्याय र कानुनका कुरा सबैलाई ज्ञान हुनुपर्ने न्याय र न्यायालय सबैको लागी समान हुने र छिटोछरितो,चुस्तदुरुस्त न्यायका लागी काभ्रेपलान्चोक जिल्ला अदालत सदैव सजग रहेको वारे काभ्रेपलान्चोक जिल्ला अदालतका माननिय जिल्ला न्यायाधिश ज्युहरुले प्रष्ट पारिदिनुभएको थियो भने सरकारी वकीलको परिचय, यस अन्तर्गतका कार्यालयहरु, फौजदारी मुद्दाको अनुसन्धानको क्रमदेखि अभियोजन प्रकिया र अभियोजन पश्चात पनि सरकारी वकीलको भुमिका महत्वपुर्ण रहनेवारे जिल्ला न्यायाधिवक्ता ज्युहरुले सर्वसाधारण समेतलाई सुसुचित गराउनु भएको थियो। कार्यक्रममा उपस्थितहरुले जिल्ला प्रशासन अदालत र सरकारि वकिल कार्यालय वारे गर्नुभएको गुनासो वारे सम्वन्धित कार्यालयका प्रमुख ज्युहरुले जवाफ दिई सम्बोधन गरिने प्रतिवद्दता जनाउनु भएको थियो । फौजदारी न्याय प्रणालीप्रति जनविश्वाश र कानुनी राज्यको अभिवृद्दीका लागी समुदाय र सरकारी वकिल संवाद र न्यायमा बाह्य पहुच जस्ता कार्यक्रमहरु स्थानिय तहमा आवश्यक रहेको बारे वक्ताहरुले खुलेर प्रसंशा गर्नुभएको थियो ।


तपाईको प्रतिक्रिया